• २०८१ बैशाख ८ शनिबार

‘मेरो गाउँ, मेरो ठाउँ’ अभियानमा तीन साता बाँकी, यसरी हुनुहोस् सहभागी  

kharibot

सगरमाथाको आधार शिविरमा मेरो गाउँ मेरो ठाउँ अंकित झन्डा ।

काठमाडौँ । वि विल राइज नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी ओझेलमा रहेका पर्यटकीय थलोहरुको खोजी अभियान ‘मेरो गाउँ, मेरो ठाउँ’  अभियानमा सहभागी हुन् अब तीन साताभन्दा कम समय रहेको छ ।

अभियानमा अहिलेसम्म देशभरबाट नै उत्साहजनक सहभागिता भएको छ । अभियानका संयोजक निर्मल श्रेष्ठले अब समय कम रहेकाले सकेसम्म छिटो आफ्नो सहभागिता सुनिश्चित गर्न सबैलाई अपिल गरेका छन् ।

यस अघि सातै प्रदेशमा मिडियाकर्मीसहित सरकारी अधिकारीहरु, उद्योगी, व्यवसायी तथा अभियन्ताहरुसँग अन्तरक्रिया गरेर अभियानको जानकारी दिईएको थियो भने अभियानको प्रचार प्रसार गर्न सिनेमा, खेल, पर्यटन, व्यवसाय, राजनीतिज्ञ तथा अन्य क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुले भिडियो क्लिप जारी गर्दै सहभागी भएका छन् । 

नेपालमा भएका कुनै पनि अभियानका लागि यति ठुलो तहमा प्रचार प्रसारका लागि सभागिता भएको पहिलो पटक नै हो । यस विषयमा संयोजक श्रेष्ठ भन्छन्, 'समाजका हरेक क्षेत्रका प्रतिष्ठित व्यक्ति, देशलाई विभिन्न क्षेत्रमा योगदान गरेकाहरु यस अभियानमा जोडिनुले हामि निकै उत्साहित भएका छौ । अभियान शुरु गर्दा यस अभियानले यति व्यापकता पाउने हामीले सोचेका थिएनौ तर अहिले यो अभियान देशकै प्रमुख अभियान भएको छ ।'

सगरमाथा आधार शिविरबाट कीर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पा : 

अब भिडियो पठाउने समय मे ३१ सम्म मात्र भएकाले अझै पनि यस अभियानमा जोडिएर देशको पर्यटन विकासमा योगदान गर्न संयोजक श्रेष्ठले अपिल गरेका छन् ।                                         

अभियान कै प्रचारका लागि अभियान ‘मेरो गाउँ, मेरो ठाउँ’ अंकित झन्डालाई १३औं पटक सफल आरोहण गरिसकेका फुर्वा तेन्जिङ शेर्पालाई हस्तान्तरण गरिएको छ भने फुर्वा अहिले सगरमाथ आरोहणको क्रममा सगरमाथाको आधार शिविरमा रहेका छन् । 

यस अभियानलाई नेपाल सरकार, भ्रमण बर्ष २०२०, नेपाल पर्यटन बोर्डले समेत सक्रियताका साथ् सहयोग गरेका छन् ।

 

भिडियो च्यालेन्जमा भाग लिने तरिका/नियम :

तपाईका वरपर पर्यटकिय सम्भावना भएरपनि ओझेलमा परेका कुनैपनि स्थान, पर्व, संस्कृति, खानपिन वा अन्यकुनै विषयवस्तु छन् भने ५ मिनेटसम्मको वृतचित्र/डकुमेन्ट्री बनाई हामीलाई पठाउनुहोस्, जसले पर्यटकहरूलाई आकर्षित गर्न सकोस् !!!

प्रतियोगिताका नियमहरू :

-यो प्रतियोगितामा समावेश हुने भिडियो अधिकतम ५ मिनेटको वृतचित्र/डकुमेन्ट्री हुनुपर्नेछ । 

-भिडियो सम्भवत पर्यटकिय सम्भावना भएरपनि ओझेलमा परेका बिषयवस्तुहरु भएमा राम्रो । जस्तो कुनै गाउँ, ठाउँ, चाडपर्व, ग्रामिण पर्यटन, जैविक विविधताको क्षेत्र, जातजातीको संस्कृति, खानपिन, संग्राहलय आदी । 

-वृतचित्र/डकुमेन्ट्री जुनसुकै विषयवस्तुमा निर्माण गर्न सकिने भएपनि विषयवस्तु छनौट गर्दा कुनै एउटमा मात्र केन्द्रित हुनुपर्नेछ । 

-एक व्यक्ति, समूह वा संस्थाले फरक फरक विषयमा केन्द्रित रही एक वा एकभन्दा बढी वृतचित्र/डकुमेन्ट्री निर्माण गर्न सक्नुहुनेछ ।

-भिडियोमा यि ठाउँ र बिषयको जानकारी दिनुका साथै नयाँ पर्यटकहरूलाई आकर्षित गर्न सक्ने किसिमको हुनुपर्छ । 

-भिडियोमा संलग्न गरेको संगीत, दृष्य, सम्वाद निर्माताको मौलिक सिर्जना हुनुपर्छ । अन्य स्रोतवाट झिकेको संगीत, दृष्य र सम्वादलाई प्राथमिकता दिईने छैन । 

-भिडियो निर्माण गर्नु भन्दा अगाडी कुन बिषयमा निर्माण गर्न लागिएको हो सो कुराको जानकारी हाम्रो वेबसाईट wwrf.org.np मा फर्म भरेर दिनुपर्ने छ । 

-यो प्रतियोगिता २०१९ जनवरी १ देखि २०१९ मे ३१ तारिखसम्म चल्ने छ । 

-निर्माण भएको भिडियोलाई गुगल ड्राइभ वा ड्रपबक्समा अपलोड गरेर वि वील राईज फाउण्डेसनको ईमेल [email protected] मा पठाउनु पर्ने छ । 

-यो प्रतियोगितालाई कुनै किसिमको शुल्क लाग्ने छैन । 

-प्रतियोगितामा समावेश भएको भिडियोलाई ५ जनाको निर्णायक समितीले छनोट गरेर विजेता घोषणा गर्ने छन् । 

देशैभरबाट छानिएका मध्येबाट १० वटा भिडियो प्रतिस्पर्धामा आउने छन्। प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट भिडियोले एक लाख रुपैयाँ नगदसहितको पुरस्कार पनि पाउने छ ।

दोस्रोले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँको पुरस्कारको पाउँछन्। पब्लिक च्वाइस अवार्डमा पनि उत्कृष्ट एउटा भिडियोले छनोट हुने र यसले पनि एक लाख रुपैयाँकै पुरस्कार पाउने छ। 

साथै, उत्कृष्ट सम्पादन र लेखनले भिडियो पनि छनोट र यसलाई भने २५/२५ हजार रुपैयाँको पुरस्कार दिइने फाउन्डेसनले जानकारी दिएको छ। उत्कृष्ट भिडियोलाई नेपाल फिल्म एकेडेमीबाट दुई लाख रुपैयाँको एकेडेमिक कोर्सको ज्ञान पनि पाउने भएका छन् ।

सहभागीहरुलाई फिनाले कार्यक्रमको आयोजना गरेर विजेताको घोषणा गरिने आयोजक वि विल राइज फाउन्डेसनले जनाएको छ ।      

साथै खरीबोट डट कम (kharibot.com) यस अभियानको मिडिया सहयोगी रहेको छ l
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै