• २०८१ बैशाख १४ शुक्रबार

अफगानिस्तानमा तालिवानी विद्रोहीको नियन्त्रणबाट दश जना मुक्त

kharibot

अफगानिस्तान । अफगानिस्तानको सरकारी सेनाले तालिवानी नियन्त्रणमा रहेका दश नागरिकलाई मुक्त गराएको छ ।

सरकारी सुरक्षाकर्मीहरूले चलाएको खोजी तथा कारबाही अभियानका क्रममा देशको उत्तरी कुन्दुज प्रान्तबाट उनीहरूलाई नियन्त्रण मुक्त गरेका हुन् ।

अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार शुक्रबार चाहार डारा जिल्लाको एक्यु सराय गाउँमा सुरक्षा कारबाही अभियान चलाइएको थियो ।

उनीहरुले त्यस ठाउँमा एउटा घरलाई कारगारकोरूपमा सञ्चालन गरेको र नियन्त्रणमा लिइएकाहरूलाई त्यही राख्ने गरेको एक जना सैन्य प्रवक्ताले जानकारी दिएका छन् ।

त्यही तालिबानी कारागारबाट मुक्त गरिएकाहरूलाई अहिले सरकारी सेनाले आफ्नो शिविरमा राखेको र केही दिनपछि मात्रै आफन्तको जिम्मा लगाइने भएको छ ।

उनीहरूलाई खोज्ने र मुक्त गरेर ल्याउने क्रममा सेनाले कुनै पनि हातहतियारहरु प्रयोग नगरेको श्रोतले जनाएको छ ।

अफगानिस्तानका विभिन्न ठाउँमा सरकारी सेना र तालिबान लडाकूहरुबीच भेला बेलामा भिडन्त र एक अर्का विरुद्धका कारबाहीहरू हुने गरेका छन् । यस क्रममा हजारौँको मृत्यु भइसकेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै