काठमाडौँ । क्रोसियाका मिडफिल्डर इभान राकीटिकले बार्सिलोना छोड्ने भएका छन् । राकीटिक इटालियन सिरी ए क्लब इन्टर मिलान जान लागेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ ।
पाँच सिजन बार्सिलोनामा खेलेका राकीटिक इन्टरमिलान जाने लगभग तय भएको मिडिया रिपोर्टमा बताइएको छ । राकीटिक ५० मिलियन युरोमा इन्टर मिलन जान लागेको गोल डटकमले उल्लेख गरेको छ ।
२०१४-१५ सिजनमा स्पेनिस क्लब सेभिल्लाबाट बार्सिलोना आएका राकीटिकको बार्सिलोनामा अत्यन्त सफल क्यारियर रहेको छ ।
राकीटिकले बार्सिलोनामा ५ सिजनमा कैयौ उपाधि जित्न सफल भएका छन् । बार्सिलोनाका लागि २६५ खेल खेलेका राकीटिकले ३५ गोल समेत गरेका छन् ।
बार्सिलोनामा ५ सिजनमा ४ ला लिगा उपाधि, ४ कोपा डेल रे उपाधि, एक च्याम्पियन्स लिग उपाधि, एक फिफा विश्व कप, दुई सुपर कोपा स्पेन र एक युइएफए सुपर कोपाको उपाधि जितेका छन् ।
३१ बर्षिय राकीटिक बार्सिलोनामा रहदा नियमित रुपमा बार्सिलोनाको प्लेइङ एघारको महत्वपूर्ण हिस्सा रहेका छन् । गत सिजनमा फ्रेन्च क्लब पिएसजीले राकीटिकलाई सय मिलियन युरोको अफर गर्दा बार्सिलोनाले सो अफर अस्विकार गरेको थियो ।
यस सिजनमा बार्सिलोनामा अयाक्सका स्टार फ्रेन्की डी जोंग आउने भएकाले पनि राकीटिक बार्सिलोनाबाट बाहिरिने भएको बताइएको छ ।
इन्टरमिलनले राकीटिकसँगै चेल्सीका पुर्व म्यानेजर एन्टोनियो कोन्टेलाई भित्राउने तयारी गरेको बताइएको छ ।