• २०८१ बैशाख ६ बिहीबार

काङ्ग्रेस नैतिकवान् पार्टी हो : नेता पौडेल

kharibot

सुनसरी । काङ्ग्रेस नैतिकवान् र इमान्दारहरुको पार्टी भएको नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।

सुनसरीको रामधुनी नगरपालिकामा पार्टीले शनिबार आयोजना गरेको जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो कुरा बताएका हुन् । उनले अहिलेसम्म भ्रष्टाचारका सबै काम कुरा कम्युनिष्टहरुको सरकार भएको बेलामा भएको दाबी गरे ।

उनले काङ्ग्रेस नैतिकवान् र इमान्दारको पार्टी भएको भन्दै  सबैलाई अन्य पार्टी छोडेर काङ्ग्रेसमा लाग्नका लागि आग्रह गरे । वरिष्ठ नेता पौडेलले पार्टीमा कुनै गुट–उपगुट नरहेकाले त्यसमा प्रस्ट हुन आग्रह गरे ।

नेता पौडेलले कार्यकर्तामा उत्प्रेरणाको कमी रहेकाले एकमहीने जागरण अभियानमा सम्पूर्ण कार्यकतालाई पार्टीप्रतिको इमान्दारिता बढाउने कार्यमा लाग्न समेत आग्रह गरे ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य महेश आचार्य, १ नं  प्रदेशका संसदीय दलका नेता राजीव कोइराला, सङ्घीय सांसद तथा पूर्वराज्यमन्त्री सीताराम मेहता, जिल्ला सचिव केदार भण्डारीलगायतले पार्टीको जागरण कार्यक्रमका बारेमा प्रकाश पारेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै