• २०८१ बैशाख १४ शुक्रबार

राष्ट्र बैंकले सोमबार १६ अर्ब ५३ करोडको ट्रेजरी जारी गर्ने 

kharibot

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भोलि सोमबार १६ अर्ब ५३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

बोलकवोलका माध्यमद्धारा बिक्री गर्ने गरी उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । ट्रेजरी खरिद लागि सो दिन अपरान्ह तीन बजेसम्म आवेदन दिनुपर्ने छ ।  

बिक्री गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको पाँच अर्ब ५३ करोड, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँ बराबरको रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । यसअन्तर्गत ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि बिसं २०७६

साउन २८ गते, एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुने अवधि बिसं २०७६ कात्र्तिक २६ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुने अवधि बिसं २०७७ बैशाख ३० गते तोकिएको छ । 

राष्ट्र बैंकका अनुसार यसअघि यही बैंशाख २३ गते पनि ९१ दिने अवधिको एक अर्ब ९१ करोड र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै