भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान प्रधान र बास्कोटालाई प्रदान  

खरीबोट

काठमाडौँ ।  सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा “भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान”२०७५ सालको गायनतर्फ बरिष्ट गायक प्रेमध्वज प्रधान र संगीततर्फ बरिष्ठ संगीतकार शम्भूजीत बासकोटालाई जनही पुरस्कार रु ५०,००१ प्रदान गरिएको छ ।

भक्तराज आचार्य संगीत प्रतिष्ठानका संरक्षक गायक तथा भजन शिरोमणि भक्तराज आचार्य, प्रतिष्ठानकी अध्यक्ष श्रीमती सुशिला आचार्य र सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले संयुक्त रुपमा यो सम्मान प्रदान गरेका थिए ।

भक्तराज आचार्य संगीत प्रतिष्ठानले विगत केहि बर्ष यता देखि संगीत र कलाको क्षेत्रमा महत्तवपुर्ण योगदान पुर्याउदै आएको र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई साथ दिदै आएको छ ।

सम्बन्धित समाचार

सिटी एक्सप्रेसको यूके कार्यलयको उद्घाटन 

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरको यूकेको रेडीङस्थित कार्यालयको औपचारीक उद्घाटन भएको छ । कार्यक्रममा यूकेका लागी नेपालका राजदूत डा.दुर्गा बहादुर सुवेदी प्रमुख अतिथिका रुपमा उपस्थित रहेका थिए । साथै एनआरएन

जापानमा तेक्वान्दो च्याम्पियनशिपमा भाग लिने खेलाडीलाई सिटी एक्सप्रेसको सहयोग 

काठमाडौँ । जापानको ओसाकामा हुन गइरहेको १७औं वाताओपन अन्तर महादेशीय तेक्वान्दो च्याम्पियनशिपमा नेपाल तेक्वान्दो संघको तर्फबाट भागलिन नेपालबाट सहभागी तेक्वान्दो खेलाडीहरुलाई सिटी एक्सप्रेसले सहयोग गरेको छ । सिटी एक्सप्रेसले खेलाडीहरुलाई सफलताको

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब युकेमा पनि सुरु

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब युके बाट पनि सुरु भएको छ ।  यो सेवा सुरु भए लगत्तै युकेबाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको ७ हजारभन्दा बढी एजेन्टहरुमार्फत सिधैं

सिटी एक्सप्रेसको “लखपति एक्सप्रेस” योजनाको बम्पर उपहारको विजेता घोषित

काठमाडौँ । सिटी एक्सप्रेसको “लखपति एक्सप्रेस” योजना अन्तर्गत सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानबाट पैसा पठाई बम्पर उपहार १२ लाखको लक्की ड्रमा मान बहादुर खत्री विजेता घोषित भएका छन् ।  सिटी एक्सप्रेस


z