• २०८१ बैशाख ७ शुक्रबार

भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान प्रधान र बास्कोटालाई प्रदान  

kharibot

काठमाडौँ ।  सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा “भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान”२०७५ सालको गायनतर्फ बरिष्ट गायक प्रेमध्वज प्रधान र संगीततर्फ बरिष्ठ संगीतकार शम्भूजीत बासकोटालाई जनही पुरस्कार रु ५०,००१ प्रदान गरिएको छ ।

भक्तराज आचार्य संगीत प्रतिष्ठानका संरक्षक गायक तथा भजन शिरोमणि भक्तराज आचार्य, प्रतिष्ठानकी अध्यक्ष श्रीमती सुशिला आचार्य र सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले संयुक्त रुपमा यो सम्मान प्रदान गरेका थिए ।

भक्तराज आचार्य संगीत प्रतिष्ठानले विगत केहि बर्ष यता देखि संगीत र कलाको क्षेत्रमा महत्तवपुर्ण योगदान पुर्याउदै आएको र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई साथ दिदै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै