कपिलवस्तुमा सिकलसेलका नौ बिरामी फेला

खरीबोट

कपिलवस्तु । कपिलवस्तु जिल्लामा चालु आर्थिक वर्षको आजसम्म थारु समुदायमा मात्रै देखिने सिकलसेल एनिमियाका नौ बिरामी फेला परेका छन् । वाणगङ्गा नगरपालिकामा सात र बुद्धभूमि नगरपालिकामा दुई बिरामी छन्  ।

लुम्बिनी प्रादेशिक अस्तालका सामाजिक सेवा एकाइ प्रमुख दयासागर पन्थीका अनुसार कपिलवस्तु जिल्लाबाट नौ जनाले औषधि सेवन गर्दै आएका छन् ।  पन्थीले सिकलसेलका बिरामीको अवस्था पहिलेभन्दा अहिले सुधार भएको जानकारी दिए ।

उनले सिकलसेल एनिमियाको औषधिको अभाव भएकाले अहिले धेरै बिरामी रित्तो हात फर्किनु परेको बताए । उनले भएन, “औषधि लिन आउने बिरामी पटक पटक आउँदै फर्कँदै गरिरहनुभएको छ ।”

वाणगङ्गा नगरपालिकामा कूल जनसङ्ख्याको करीब ४५ प्रतिशत थारु समुदायको बसोबास  छ । लुम्बिनी प्रादेशिक अस्तालमा औषधि सेवन गरिरहेका बिरामीको तथ्याङ्कानुसार सो नगरमा सिकलसेलका बिरामीको सङ्ख्या अरु नगरपालिकामा भन्दा धेरै छ । रक्तअल्पता हुनु र हँसिया आकारको रक्तकण बन्नु नै सिकलसेल हो ।

रोग लागेपछि विस्तारै शरीरका विभिन्न अङ्गले  काम गर्न छाड्नाका साथै करीब १० देखि १५ वर्षपछि मात्र आफूलाई सिकलसेल रोग लागेको थाहा पाउन सकिने चिकित्सकको भनाइ छ । सिकलसेल एनिमिया भएका पति र पत्नीबाट जन्मिएका सन्तानलाई पनि सो रोग लाग्न सक्ने चिकित्सकले बताएका छन् ।

वंशाणुगत रुपमा सर्ने सोे रोगबाट बच्ने उपाय विवाह गर्नुपूर्व सिकलसेल छ कि छैन भनेर जाँच गर्नुपर्ने वाणगङ्गा स्वास्थ्य शाखा प्रमुख कृष्ण घिमिरेले जानकारी दिए । सिकलसेल भएका बिरामीमा हातखुट्टाको जोर्नी र  टाउको दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिने घिमिरेको भनाइ छ ।

वाणगङ्गा नगरपलिकाले गत आवमा सिकलसेल एनिमिया रोगका लागि भनेर रु तीन लाख बजेट छुट्टयाए पनि फ्रिज भएको  थियो । सो बजेट उपयोगमा नआएपछि चालु आवमा बजेट नै नछुट्टयाइएको घिमिरेले बताए ।

सम्बन्धित समाचार

कपिलवस्तुमा वन व्यवस्थापनका लागि आठ हजार रुख काटिए

कपिलवस्तु । कपिलवस्तुका विभिन्न वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापनको काम प्रभावकारी रुपमा अघि बढाइएको छ । जिल्लाका ३६ वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापनको काम प्रभावकारी रुपमा अघि बढाइएको हो । गौतमबुद्ध

कपिलवस्तुमा जिपको ठक्करबाट एक युवकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका–८ वरकुलगाउँमा जिपको ठक्करबाट आज बिहान एक युवकको मृत्यु भएको छ । लु१ज ४१७५ नंको जिप अनियन्त्रित भई पल्टिँदा सो जिपका सहचालक मायादेवी गाउँपालिका–८ बरकुलका ३० वर्षीय

गर्मी बढेपछि कपिलवस्तुका अधिकांश विद्यालय बन्द

जीतपुर । गर्मी अत्यधिक बढेपछि कपिलवस्तुका अधिकांश विद्यालय बन्द भएका छन् । गर्मीले गर्दा पठनपाठनमा समस्या आएकाले वाणगङ्गा र कपिलवस्तु नगरपालिकाका निजी तथा संस्थागत विद्यालयले एक साताका लागि विद्यालय बन्द

प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा

काठमाडौँ । प्रभु बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाको चन्द्रौटामा आजदेखि चन्द्रौटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारीले एक समारोहका विच बैंकको चन्द्रौटा शाखा कार्यालय समुद्घाटन गरेका


z