अमेरिका र दक्षिण कोरियाको 'वार प्लान' उत्तर कोरियाले ह्याक गर्‍यो !

खरीबोट
ad

सोल (रासस/एएफपी) / उत्तर कोरियाको कम्प्युटर ह्याकरले दक्षिण कोरियाका कम्प्युटरहरु ह्याक गरी महत्वपूर्ण सामाग्रीहरु चोरेको आरोप लगाइएको छ ।

ती सामाग्रीहरुमा उत्तरदुई कोरियाको युद्धका समयमा भएका सैनिक एवम् सरकारी रणनीतिहरुका साथै युद्धसम्बन्धी संवेदनशील दस्ताबेजहरु पनि रहेको बताइएको छ ।

कोरिया युद्धका समयमा दक्षिण कोरियाली सेनाले सैनिक अप्रेसनका समयमा बनाएका योजनाहरु सम्मिलित दस्ताबेजहरु पनि त्यसमा रहेका दक्षिण कोरियाली अधिकारीहरुले जनाएका छन् ।

उत्तर कोरियाको ह्याकरले दक्षिण कोरियाली सेनाको नेटवर्कमा आक्रमण गरेको र त्यसबाट २३५ गिगा बाइट बराबरका अति सम्वेदनशील तथ्यांकहरु चोरेको जनाएको छ ।

दक्षिण कोरियाको सत्ताधारी डेमोक्र्याटिक पार्टीका सांसद रुचिल हीले कम्प्युटर ह्याक गरिएको सम्बन्धी सो जानकारी दिए ।

उनले गत सेप्टेम्बर महिनामा उत्तर कोरियाली कम्प्युटर ह्याकरले दक्षिण कोरियाली सेनाको कम्प्युटरमै आक्रमण गरेको जानकारी दिएको समाचारमा जनाइएको छ ।

सम्बन्धित समाचार

आणविक निरस्त्रीकरण वार्ता गर्न दक्षिण कोरियाली राष्ट्रपति उत्तर कोरियामा

सिओल / दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इन र उत्तर कोरियाका नेता कीम जोङ–उन सवार कार्गेडलाई मङ्गलबार प्योङयाङका सडकका दुबै किनारामा रङ्गीबिरङ्गी वेशभूषामा सजिएका हजारौं सर्वसाधारणले भव्य स्वागत गरेका छन् ।  उत्तर

उत्तर कोरियाको भिन्न सैन्य परेड जहाँ देखिएन कुनै पनि मिसाइल र आणविक हतियार !

काठमाडौं । उत्तर कोरियाले ७०औँ स्थापना दिवसको अवसरमा राजधानी प्योंगयांगमा विशाल सैन्य प्रदर्शन गरेको छ । एजेन्सीहरुका अनुसार पहिले पहिले गरिनै सैन्य परेडभन्दा यसपटकको बिल्कुलै भिन्न रहेको थियो ।  आइतबार परेको

दक्षिण उत्तर कोरिया शिखर बैठक असोज २ मा

सिओल । दक्षिण कोरियाका राष्ट्रपति मून जे इन र उत्तर कोरियाली नेता कीम जोङ–उनबीचको शिखर बैठक उत्तर कोरियाको राजधानी प्योङयाङमा आगामी असोज २ मा गर्नेगरी मिति तय भएको मूनका विशेषदूतले

उत्तर कोरिया अझै पनि खतरा : जापान

टोकियो । उत्तर कोरियाबाट अझै पनि गम्भीर खतरा देखिएको टिप्पणी जापानले गरेको छ । जापानी रक्षामन्त्रालयको सुरक्षासम्बन्धी पहिलो वार्षिक बैठकमा जापानी अधिकारीले उत्तर कोरियाबाट ढुक्क हुन सक्ने अवस्था नरहेको बताएका