• २०८१ बैशाख १२ बुधबार

सावित्रा भण्डारीको इन्डियन वुमन्स लिगमा दोस्रो ह्याट्रिक 

kharibot

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले इन्डियन वुमन्स लिगमा ह्याट्रिक गरेकी छन् ।

गोल गर्ने क्रमलाई निरन्तरता दिदै सावित्राले आज भएको कोल्हापुर सिटीविरुद्धको खेलमा ह्याट्रिक गरेकी हुन् । यस खेलमा सेथु फुटबल क्लबले कोल्हापुर सिटीलाई ९-० गोल अन्तरले पराजित गरेको छ ।

सेथुले लगातार चौथो जित निकाल्ने क्रममा सावित्राले ५६, ६६ औं र ७६ औं मिनेटमा गोल गरेकी थिइन् ।

इन्डियन वुमन्स लिगमा नेपाली महिला फुटबलर सावित्रा र अनिता बस्नेत सेथु फुटबल क्लबबाट पहिलप पटक खेलिरहेका छन् । 

सेथु फुटबल क्लबले अहिलेसम्म खेलेका ४ खेलमा १२ अंक जोड्दै अंक तालिकाको शीर्षस्थानमा छ । सावित्राले चार खेलमा कुल ९ गोल गरेकी छन् । पहिलो खेलमा ४ गोल गरेकी सावित्राले दोस्रो र तेस्रोमा एक-एक गोल गरेकी थिइन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै