• २०८१ बैशाख ११ मंगलबार

आइपिएल फाइनल : मुम्बईले चेन्नईलाई दियो १५० रनको लक्ष्य 

kharibot

काठमाडौँ । आइपिएल अन्तर्गत फाइनल खेलमा मुम्बई इण्डियन्सले चेन्नई सुपरकिंग्सलाई १५० रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउदै १४९ रन बनाएको हो ।

मुम्बईका लागि केरान पोलार्डले सर्वाधिक ४१ रन बनाएका थिए । त्यस्तै क्वेन्टन डी ककले २९ रन बनाए भने इशान किशनले २३ रन बनाए । त्यस्तै हार्दिक पाण्डेयले १६ रन बनाए भने रोहित शर्मा र सूर्यकुमार यादवले १५-१५ रन बनाएर आउट भएका थिए । त्यस्तै क्रुनाल पाण्डेय ७ रन बनाएर आउट भएका थिए ।

चेन्नईका बलर दिपक चहरले ३ विकेट लिएका थिए । चहरले ४ ओभरमा एक मेडनसहित २६ रन दिएर ३ विकेट लिएका थिए । त्यस्तै श्रदुल ठाकुर र इमरान ताहिरले २-२ विकेट लिएका थिए ।

मुम्बईले चेन्नईलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने चेन्नईले दिल्ली क्यापिटल्सलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

चेन्नई र मुम्बई दुवैले तीन-तीन पटक आइपिएलको उपाधि जितेका छन् । तर अहिलेसम्म १२औ संस्करणसम्म आइपिएल सम्पन्न हुनेक्रममा चेन्नई आठौ पटक फाइनल खेल्दै छ । २०१६ र २०१७ मा सस्पेन्ड भएका कारण नखेलेको चेन्नई १० सिजनमा आठ पटक फाइनलमा पुगेको छ भने दुई पटक पनि प्लेअफ खेलेर बाहिरिएको थियो । त्यस्तै मुम्बई इण्डियन्स भने पाँचौ पटक फाइनल खेल्दै छ ।

चेन्नई र मुम्बई यसअघि तीन पटक आइपिएलको फाइनल खेल्दै छन् । जसमा मुम्बईले दुई फाइनल जितेको छ भने चेन्नईले एक पटक उपाधि जितेको छ ।       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै