• २०८१ बैशाख ७ शुक्रबार

आइपिएलको उपाधि मुम्बई इण्डियन्सले जित्यो 

kharibot

काठमाडौँ । इण्डियन्स प्रिमियर लिग (आइपिएल) को उपाधि मुम्बई इण्डियन्सले जितेको छ ।

गएराती सम्पन्न फाइनल खेलमा मुम्बईले चेन्नईलाई एक रनले पराजित गर्दै चौथो पटक आइपिएलको उपाधि जितेको छ । मुम्बईले दिएको १५० रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ७ विकेट गुमाउदै १४८ रन बनाएपछि मुम्बईले खेल एक रनले जितेको थियो ।

अत्यन्त रोमान्चक खेलमा मुम्बईले अन्तिम बलपछि खेल जितेको थियो । अन्तिम ओभरमा चेन्नईको जितका लागि ९ रन आवश्यक रहेकोमा मुम्बईका बलर लातिस मालिंगाले ७ रन दिएर विकेट लिएका थिए । अन्तिम बलमा चेन्नईको जितका लागि २ रन चाहिएको अवस्थामा मालिंगाले श्रदुल ठाकुरलाई आउट गरेपछि मुम्बईले खेल जितेको थियो ।

चेन्नईका लागि शेन वाटशनले सर्वाधिक ८० रन बनाएका थिए । वाटशानले ५९ बलमा ८० रन बनाएर आउट भएका थिए । त्यस्तै फाफ डु प्लेसिसले २६, ड्वाने ब्राभोले १५ रन बनाएका थिए ।

मुम्बईका बलर जसप्रित बुमराहले २ विकेट लिएका थिए भने क्रुनाल पाण्डेय, लातिस मालिंगा र राहुल चहरले एक एक विकेट लिएका थिए ।  

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउदै १४९ रन बनाएको थियो ।

मुम्बईका लागि केरान पोलार्डले सर्वाधिक ४१ रन बनाएका थिए । त्यस्तै क्वेन्टन डी ककले २९ रन बनाए भने इशान किशनले २३ रन बनाए । त्यस्तै हार्दिक पाण्डेयले १६ रन बनाए भने रोहित शर्मा र सूर्यकुमार यादवले १५-१५ रन बनाएर आउट भएका थिए । त्यस्तै क्रुनाल पाण्डेय ७ रन बनाएर आउट भएका थिए ।

चेन्नईका बलर दिपक चहरले ३ विकेट लिएका थिए । चहरले ४ ओभरमा एक मेडनसहित २६ रन दिएर ३ विकेट लिएका थिए । त्यस्तै श्रदुल ठाकुर र इमरान ताहिरले २-२ विकेट लिएका थिए ।

मुम्बईले चेन्नईलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने चेन्नईले दिल्ली क्यापिटल्सलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।

यो उपाधिसँगै २०११, २०१५, २०१७ र २०१९ गरी मुम्बईले चार पटक आइपिएलको उपाधि जितेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै