• २०८१ बैशाख ४ मंगलबार

आइपिएलमा कसले कुन अवार्ड र कति रकम जिते ?

kharibot

काठमाडौँ । आइपिएलको यस सिजन सकिएको छ । मुम्बई इण्डियन्सले चेन्नई सुपरकिंग्समाथि एक रनको सनसनीपूर्ण जित हासिल गर्दै चौथो पटक आइपिएल उपाधि जितेको छ ।

यस आइपिएलमा जित हासिल गर्दै मुम्बईले २० करोड पुरस्कार राशी समेत जितेको छ । इण्डियन प्रिमियर लिगलाई इण्डियन पैसा लिग पनि भन्ने गरिन्छ । यस रिपोर्टमा आइपिएल टिमले कति पैसा पाउछन भन्ने जानकारी दिन खोजिएको छ ।

चौथो पटक आइपिएल उपाधि जितेको मुम्बई इण्डियन्सले २० करोड भारतीय रुपैया पुरस्कार स्वरूप पाएको छ । आइपिएलको नियम अनुसार पुरस्कार रकमको आधा रकम आइपिएल फ्रेन्चाईजीले लैजाने छ भने आधा रकम खेलाडीलाई बाडिने छ ।

त्यस्तै उपविजेता बनेको चेन्नई सुपरकिंग्सले पुरस्कार वापत साढे १२ करोड पाएको छ । त्यस्तै तेस्रो स्थानमा रहेको दिल्ली क्यापिटल्सले १० करोड ५० लाख पाएको छ भने चौथो स्थानमा रहेको सनराइजर्स हैदरावादले ८ करोड ७५ लाख पुरस्कार रकम पाएको छ । 

सन् २००८ देखि शुरु भएको आइपिएलको पहिलो संस्करणमा विजेताले ४ करोड ८० लाख पुरस्कार दिइएको थियो । त्यस्तै २०१५ मा १५ करोड पुरस्कार विजेता टिमले पाएकोमा अघिल्लो सिजनदेखि विजेतालाई २० करोड पुरस्कार रकम दिन थालिएको हो । 

त्यस्तै आइपिएलमा खेलाडीहरुले पनि विभिन्न पुरस्कार जितेका छन् ।   

आइपिएलमा इमार्जीङ खेलाडीको अवार्ड भारतीय खेलाडी शुभम गीलले पाएका छन् । यस अवार्डमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि मनोनयनमा रहेका थिए, यद्यपि सन्दीप यस अवार्ड जित्न असफल भएका छन् । गीलले यो अवार्ड जितेसँगै १० लाख पुरस्कार पाएका छन् ।

त्यस्तै प्रतियोगितामा सबैभन्दा बढी रन बनाउने सनराइजर्स हैदरावादबाट खेलेका अस्ट्रेलियाका ब्याट्सम्यान डेविड वार्नरले सर्वाधिक ६९२ रन बनाउदै ओरेन्ज क्याप जितेका छन् । वार्नरले पनि १० लाख पुरस्कार पाएका छन् ।

त्यस्तै चेन्नई सुपर किंग्सबाट खेलेका दक्षिण अफ्रिकी बलर इमरान ताहिरले यस सिजनमा २६ विकेट लिदै पर्पल क्याप जितेका छन् । उनले पनि १० लाख पुरस्कार पाएका छन् ।

त्यस्तै कोलकोता नाइटराइडर्सबाट खेलेका वेस्टइन्डिजका आन्द्रे रसेल आइपिएलको मोस्ट भ्यालुएबल खेलाडी बनेका छन् । रसेलले पनि १० लाख पुरस्कार रकम पाएका छन् । त्यस्तै रसेलले यस आइपिएलको बेस्ट स्ट्राइक रेटको अवार्ड समेत जितेका छन् ।

त्यस्तै मुम्बई इण्डियन्सका केरान पोलार्डले क्याच अफ द सिजनको अवार्ड जितेका छन् ।  

त्यस्तै सनराइजर्स हैदरावादले फेयर प्ले अवार्ड जितेको छ । खेलका क्रममा खेल भावना अनुसार खेलेको आधारमा हरेक खेलमा अंक दिएर अन्त्यमा धेरै अंक ल्याएको हैदरावादले फेयर प्ले अवार्ड जितेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै