• २०८१ बैशाख १२ बुधबार

जनार्धन शर्माको बजेटमा सुझाव : आर्थिक वृद्धिको प्रमुख आधार कृषिलाई बनाऔं 

kharibot

काठमाडौँ । नेकपाका सांसद तथा पुर्व गृहमन्त्री जनार्धन शर्माले बजेटबारे सुझाव दिदै बजेट खर्च हुन नसक्नुमा प्रणाली नयाँ र संरचना,सोच पुरानो भएकाले अहिले राज्य कमजोर देखिएको छ ।

प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा प्रतिनिधि सभामा छलफलमा भाग लिदै शर्माले समग्र संरचनामै परिवर्तन गर्नु अहिलेको आवश्यकता भएको उनले बताए ।      

विपी कोइरालाको सरकार, २०४६/४७ पछिका सरकारहरु किन असफल भए, भन्ने विश्लेषण गरेर अहिलेको सरकार संचालन हुने पर्नेमा जोड दिए ।

उनले भने, ' अदालतमा पहिलो हप्ता कर निर्णय र अर्को हप्ता कर नतिर्ने निर्णय गर्दै समय बित्छ, तीन कक्षाका विद्यार्थीलाई अल्जेब्राको पुस्तक पढ्न दिदा नबुझेर टोलाएको जस्तो आफ्ना मिसिल हेरेर अख्तियार टोलाईरहन्छ ।' भन्दै अहिलेको राजनीतक अवस्था प्रति व्यग्य गरेका थिए ।

डबल डिजिटको वृद्धिका लागि सम्भव भएको भन्दै शर्माले आर्थिक वृद्धिको प्रमुख आधार कृषि भएको बताए । कृषिको विकास नभएसम्म देशमा समृद्धि नाउने भन्दै कृषिसँग जोडेर उद्योगको विस्तार गर्नुपर्ने बताएका छन् ।

सांसद शर्माले बजेटमा हरेक पालिकामा एउटा बस्तु निर्यात गर्नै पर्ने गरि कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिए ।

बजेटमा प्रादेशिक सन्तुलन कायम हुनुपर्ने भन्दै कर्णालीलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने उनले बताए । कर्णालीमा प्रशस्त साधन स्रोत भएकोले यसको उपयोग गर्नुपर्ने उनले बताए । त्यस्तै बजेटमा प्रदेश नम्बर २ र सुदूरपश्चिम प्रदेशलाई दोस्रो र तेस्रो प्राथमिकतामा राख्न आग्रह गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै