• २०८१ बैशाख १२ बुधबार

वैदेशिक रोजगारसम्बन्धी एक महिनामा ४ करोडभन्दा बढी ठगी

kharibot

काठमाडौं । सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्न नसक्दा कामदारहरु ठगिने क्रमले निरन्तरता पाएको देखिएको छ ।

पछिल्लो महिना वैदेशिक रोजगार विभागमा विदेश जाने नाममा ४ करोड ८३ लाख ५४ हजार ६ सय ३४ रुपैयाँ ठगी भएको भन्दै पीडितहरुले विभागमा उजुरी दर्ता गराएका छन्  । 

उनीहरुले क्षतिपूर्ति, रकम फिर्ता पाउ र पीडिकलाई पक्राउ गरी पाउ भन्दै विभागमा उजुरी दिएका छन् । सो ठगी व्यक्तिगतर्फ मात्रको हो भने संस्थागत तर्फ पनि ठगी भएको भन्दै विभागमा उजुरी दर्ता भएका छन् ।

विभागका अनुसार एसियाली मुलुक दक्षिण कोरिया लैजाने भन्दै ३६ लाख ४० हजार , जापान ३२ लाख ८२ हजार, माल्दीप्स ८ लाख २० हजार  , थाइल्याण्ड  ४ लाख , मलेसियाका  १ लाख १५ हजार रुपैयाँ  एजेन्टले ठगी गरेको भन्दै पीडितहरुले विभागमा उजुरी दर्ता गराएका छन् । 

खाडी मुलुक संयुक्त अरब इमिरेट्स (युएइ)  लैजाने भन्दै ३२ लाख ८२ हजार , कतार १३ लाख ४९ हजार रुपैयाँ एजेन्टहरुले लिएर विदेश नपठाएको भन्दै पीडितहरुले विभागमा उजुरी दर्ता गराएका छन् । 

एजेन्टहरुले यसियाली मुलुकमात्र नभएर युरोप तथा अमेरिका लैजान भन्दै ठगी गरेको भन्दै पीडितहरुले विभागमा उजुरी दर्ता गराएका छन् । 

क्यानडा ७६ लाख २० हजार, अमेरिका ४४ लाख ३३ हजार ३ सय ३४, नर्वे ९४ हजार , इटली १२ लाख, अष्ट्रेलिया १५ लाख ९९ हजार , बेलायत १० लाख ८० हजार ३ सय, टर्की १ लाख रुपैयाँ एजेन्टले गठी गरेको भन्दै विभागमा उजुरी परेको छ ।

पोल्याण्ड १५ लाख ६७ हजार , पोर्चुगल २१ लख ७० हजार ,माल्टा ३ लाख ६० हजार , कोशिया १५ लाख , बेलज्यिम ४ लाख ७५ हजार , जर्मनी ४० लाख ,मोरिसस ९ लाख एजेन्टलाई दिएको पीडितहरुको गुनासो छ । 

पीडितहरु विदेश काम गर्ने जाने भन्दै एजेन्टहरुले रकम बुझाएको बताएका छन् तर एजेन्टहरुले विदेश पनि नपठाएको र रकम पनि फिर्ता नदिएको विभाग परिसरमा भेटिएका पीडितहरुले गुनासो गरे ।  विदेश पठाउन नसके एजेन्टहरुले आफनो रकम फिर्ता गर्नुपर्ने उनीहरुको माग छ ।

यस्तै  लेबनान २ लाख ५० हजार, इजरायल २ लाख २५ हजार ,  भियतनाम ३८ लाख , अफगानस्तिान १५ लाख , अजेब्राजन १३ लाख ५० हजार ,ठगी गरेको भन्दै विभागमा उजुरी परेको छ । ताजकस्तिानका लागि  ५ लाख, एजेन्टहरुले लिएर विदेश नपठाएको भन्दै पीडितहरुले विभागमा उजुरी दर्ता गराएका छन् । 

यस्तै पीडितहरुमा धेरै संख्यामा काठमाडौंका रहेका छन् भने त्यसपछि ललितपुर, चितवन, झापा, रुपन्देही, गुल्मी , मोरड, दाड,बागलुडका रहेका छन् । विभागमा दर्ता भएका उजुरीको छिनोफानो विभागले नै गर्ने गरेको पाइन्छ । यदि विभागमा उजुरीको छिनोफानो नभएको खण्डमा भने सो विषय अदालतमा प्रवेश पाउने छ । 

पीडितहरुले विभागमा उजुरी दिए पनि पीडिकहरुलाई भने विभागमा भेट्न नसकिएको गुनासो गदैछन् ।  एजेन्टहरु ठगी गरे पछि मोबाइल बन्द गरेर बस्ने तथा भेट्न नसक्दा पीडितहरु रकम फिर्ता नपाईने हो कि भन्ने त्रासमा बस्नु परेको गुनासो गर्छन् ।  पीडितहरु एजेन्ट वा म्यानपावर व्यवसायीलाई विभागमा बोलाउदा आफूहरुलाई पनि भेट गराई विभाग सामु कुरा राख्न पाए त्रास हट्ने बताउछन् ।

विभागमा दैनिकजसो ८ देखि १० वटा उजुरी दर्ता हुने गर्दछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै