• २०८१ बैशाख ७ शुक्रबार

नाला भत्काउने र बनाउने खेल १५ वर्षदेखि चल्दै

kharibot

बारा । पूर्व—पश्चिम राजमार्गको बारा निजगढ स्थित सडक नाला बिगत १५ वर्षको अवधिमा तीन पटक बनाउने अनि भत्काउने खेल चल्दै आई रहेको छ । यो खेल केही वर्ष भित्रै पुन: देखा पर्ने छ । 

राजमार्गका सडक किनारको पानी निकासका लागि निर्माण गरिएका नाला पटक-पटक भत्काउँने र बनाउँने खेलबाट स्थानीय जनता आजित छन् । अहिले निर्माण गरि रहेको नाला पनि अब, केही वर्ष भित्रै पुन: भत्काउँनु र सार्नु पर्ने हुन्छ । 

फास्ट ट्रयाक निर्माण सम्पन्नपछि अहिलेको यस राजमार्गले सावारी साधनको चाप धान्न सक्दैन् । त्यसका लागि पुन: सकडको चौडाई विस्तार गर्नु पर्ने हुन्छ । त्यस बेला फेरि निर्माण भई रहेको यस नाला पुन: भत्काउनु पर्ने नै हुन्छ । 

यो भत्काउनु पर्ने समय बढीमा तीन वर्ष हुन सक्छ । किनकी , नेपाली सेनाले निर्माणका लागि जिम्मा पाएको चार वर्ष भित्र निजगढ—काठमाण्डौं जोड्ने राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाक निर्माण सम्पन्न गर्ने घोषणा गरि सकेको छ । एक वर्षको समायावधि सकि सकेको छ । 

यसको दिर्घकालिन विकास र उचित अनुगमन गर्न नेपाल सरकारको ध्यान गएको देखिदैन् । जनताले आशा , भरोसा र विश्वास गरेको ओली सरकारको समेत यस नालाको नाटकका कारण बारामा बद्नाम भई रहेको छ । वर्षौं देखि निजगढको सडक नाला सडक डिभिजन कार्यालय हेटौंडा र ठेक्केदारको कमाई खाने भाँडो बन्दै आई रहे पनि अहिले सम्म पनि सरकारको ध्यान नगएको बारा निजगढका ८४ वर्षिया वृद्ध नारायण प्रसाद धिताल भन्छन् । 

आफुहरुलाई स्थानीय सरकार भन्ने जनप्रतिनिधीहरु समेत दिगो विकासका लागि निकास निकाल्न तर्फ अघि बढेको पाइँदैन् । यसरी स्थानीय सरकार निजगढ नगरपालिका जनप्रतिनिधीहरु सस्तो लोकप्रियतामा नैं रमाउँन थाले पछि निर्माणका नाउमा ‘राज्यको लगानी बालुवामा पानी’ भन्ने उखान जस्तै चरित्रार्थ भएको छ । 

यता निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश कुमार खनाल भने , यसो बताउछन् ।

यसरी पटक-पटक नाला बनाउने र भत्काउने खेलबाट राज्यको दुई करोड भन्दा बढी रकम यही सडक नाला बनाउँने भत्काउने नाटकमा सकि सकेको छ । अहिले निर्माण गरिन लागेको नाला पेट्रोल पम्पदेखि जमुना पैनी सम्म निर्माणका लागि ठेक्का लगाई सकेको छ । 

जसमा लगभग पाँच सय मिटर नयाँ नाला निर्माण हुँने छ भने, करिब तीन सय मिटर नालालाई भत्काउँदै पुन: बनाउन थालिएको छ । यसरी निर्माण गरिने नाला ५३ लाख ८९ हजार ९ सय ७७ रुपैयाँ ९३ पैसामा सिमपानी निर्माण सेवा प्रालि दोलखाले सकार गरेको सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ । 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै