• २०८१ बैशाख ७ शुक्रबार

ब्रेकअपको १२ बर्षपछि करीनालाई सम्झिदै शाहिद...

kharibot

मुम्बई । बलिवुडका प्रेम र ब्रेकअपका खबर त हरेक दिन आउने गर्दछन । तर कुनै प्रेम र ब्रेकअपका खबरले बर्षौसम्म पनि चर्चा पाउने गर्दछ । यसतै चर्चित ब्रेकअप मध्येको एक ब्रेकअप थियो अभिनेता शाहिद कपुर र अभिनेत्री करीना कपुरको ब्रेकअप ।

२००४ मा फिल्म फिदाको सेटबाट सुरु भएको शाहिद र करीनाको प्रेम सन् २००७ मा अन्त्य भएको थियो । उनीहरु आफ्नो प्रेम सार्वजनिक रुपमा नै सार्वजनिक गरेर अगाडी बढिरहेका थिए । तर अचानकको ब्रेकअप पछि करीनाले अभिनेता सैफअली खानसँग विवाह गरीन भने शाहिदले केहि बर्ष अघि मिरा राजपुतसँग विवाह गरे ।

तर अहिले यी दुवैको ब्रेकअपको चर्चा गर्नुको प्रसंग भने शाहिद कपुरको नयाँ फिल्म कबीर सिंहको ट्रेलर सोमबार सार्वजनिक भएको छ । यस फिल्ममा शाहिद पागल प्रेमीको भूमिकामा रहेका छन् । ट्रेलर हेर्दा सबैले शाहिद र करीनाको ब्रेकअपको प्रसंग चर्चा गरेका छन् ।

अत्यन्त सशक्त भूमिकामा देखिएका शाहिदले फिल्मको ट्रेलर लन्चका क्रममा आफ्नो करीनासँगको ब्रेकअपका बारेमा खुलेर कुरा गरेका छन् । शहिदले कबीर सिंहको तहमा त शायद कोही जान्छ होला तर आफ्नो ब्रेकअपले जीवन ब्ल्याक एण्ड हवाइट भएको उनले बताए । उनले अगाडी भने, 'त्यति बेला म दार्ही राख्दिनथे त्यसैले मेरो मनको कुरा अनुहारमा व्यक्त हुदैनथ्यो ।'

उनले जीवन बिना रंगको भएको आफुले महसुस गरेको र त्यसबाट बाहिर आउँ निकै गाह्रो भएको बताए । सोहि ब्रेकअपका बेला करीनासँगको फिल्म जब वि मिटको प्रमोशन गर्न निकै गार्हो भएको बताए ।

फिल्म कबिर सिंहमा शाहिदले एक प्रेममा धोका पाएको प्रेमीको भूमिकामा देखिएका छन् भने उनको अपोजिटमा अभिनेत्री कियारा अडवाणी रहेकी छन् । फिल्म जुन २१ मा रिलिज हुदै छ ।

फिल्मको ट्रेलर :                                               
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै