• २०८१ बैशाख १२ बुधबार

'स्टुडेन्ट अफ द इयर-२' को बक्स अफिसमा व्यापक गिरावट  

kharibot

मुम्बई । बलिवुडमा यस बर्षको प्रतिक्षित मध्येको एक फिल्म स्टुडेन्ट अफ द इयर-२ ले रिलिजको चौथो दिन बक्स अफिसमा व्यापक गिरावट आएको छ ।

बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले चौथो दिन सोमबार ५ करोड ५२ लाख कलेक्सन गर्दै ५४ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।

त्यस्तै फिल्मले शनिबार १४ करोड २ लाख र आइतबार १२ करोड ७५ लाख कलेक्सन गरेको थियो । रिलिजको चार दिनमा फिल्मले ४४ करोड ३५ लाख कलेक्सन गरेको छ ।

यो सँगै करण जोहरले निर्माण गरेका दुई फिल्म लगातार बक्स अफिसमा असफल हुन लागेका छन् । केहि साता अघि ठुलो बजेटको फिल्म कलंक बक्स अफिसमा असफल भएको थियो ।

स्टुडेन्ट अफ द इयर-२ लाई अझै असफल भन्न नमिल्ने भएपनि ८० करोडको लागतमा बनेको यस फिल्मले लगानु उठाउन मुश्किल हुने देखिएको छ ।    

यस बर्ष रिलिज भएका फिल्म मध्ये स्टुडेन्ट अफ द इयर-२ पहिलो दिन धेरै कलेक्सन गर्ने फिल्मको सुचिमा पाचौ स्थानमा रहेको छ । यस बर्ष रिलिज भएका फिल्म कलंकले २१ करोड ६० लाख, केशरीले २१ करोड ६ लाख, गली ब्वायले १९ करोड ४० लाख, टोटल धमालले १६ करोड ५० लाख कलेक्सन गरेका थिए ।

त्यस्तै अभिनेता टाइगर सराफका फिल्म मध्ये भने स्टुडेन्ट अफ द इयर-२ पहिलो दिन दोस्रो धेरै कलेक्सन गर्ने फिल्म बनेको छ । सन् २०१८ मा रिलिज भएको फिल्म बागी-२ ले रिलिजको पहिलो दिन २५ करोड १० लाख कलेक्सन गरेको थियो । त्यस्तै सन् २०१६ मा रिलिज भएको बागीले पहिलो दिन ११ करोड ९४ लाख कलेक्सन गरेको थियो ।

पुनित मलहोत्राले निर्देशन गरेको यो फिल्मबाट फिल्मबाट तारा सुतारिया र अनन्या पाण्डेले बलिवुडमा डेभ्यु गरेका छन् । तारा र अनन्यासहित टाइगर सराफको प्रमुख भूमिका रहेको यो फिल्म सन् २०१२ मा रिलिज भएको स्टुडेन्ट अफ द इयरको सिक्वेल हो । सो फिल्मबाट बलिवुडमा डेभ्यु गरेका बरुण धवन, आलिया भट्ट र सिद्धार्थ मल्होत्रा अहिले बलिवुडका टप कलाकार बनेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै