काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले मिडियाकाउन्सिल विधेयक तुरुन्त फिर्ता लैजान सरकारलाई आग्रह गरेका छन् ।
आर्थिक वर्ष २०७६-७७ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धी छलफलमा भाग लिँदै खाँणले सो आग्रह गरेका हुन् ।
सांसद खाँणले नीति तथा कार्यक्रम पछि प्रि-बजेट छलफलको क्रम नमिलेको बताउदै सिद्धान्त र प्राथमिकतामा छलफल पहिला हुनुपर्नेमा जोड दिए ।
सरकारले सिद्धान्तमा मौलिक अधिकारको सुनिस्चित गर्ने भन्ने तर कानुन बनाउदा मौलिक हकको उलंघन हुने गरि कानुन बनाउन लागेको भन्दै मिडिया काउन्सिल सम्बन्धि विधेयक तत्काल फिर्ता लैजान आग्रह गरेका छन् । नेता खाँणले मानवाधिकार आयोगसम्बन्धि विधेयक पनि संबिधान अनुसार ल्याउन सरकारलाई आग्रह गरे ।
जेष्ठ नागरिकको हक, शिक्षाको हक लगायत संबिधानले सुनिस्चित गरेका अधिकार सुनिस्चित गर्न माग गरे । उनले जेष्ठ नागरिकलाई ६५ बर्ष उमेर सिमा तोक्न र उनीहरुको भत्ता बढाउन समेत माग गरे ।
त्यस्तै सांसद खाँणले व्यापार घाटा कम गर्न कृषि क्षेत्रलाई बजेटमा विशेष प्राथमिकता दिन सुझाव दिए ।