बाँकेका सयौं बालबालिका अझै विद्यालयको पहुँच बाहिर

खरीबोट

बाँके । बाँकेको जानकी गाउँपालिका–२ का बालबालिका अझै विद्यालयको पहुँच बाहिर रहेका छन् । विद्यालय जाने उमेरका बालबालिकामध्ये अधिकांशका अभिभावकले काममा लगाउने गरेका कारण उनीहरु पढाइबाट वञ्चित भएका हुन् ।

वडाध्यक्ष चन्द्रीका गुप्ता अभिभावकलाई शिक्षाको महत्व थाहा नहुँदा उनीहरुका बालबालिका शिक्षाबाट वञ्चित हुँदै आएको बताइन् ।

“वडा कार्यालयले शिक्षालाई प्राथमिकतामा राखेको छ”, उनले भनिन् । उक्त  वडामा पाँच सामुदायिक विद्यालयमा करीब एक हजार ५०० विद्यार्थी अध्ययरत छन् । झण्डै ५०० बालबालिका बिद्यालयको पहुँचभन्दा बाहिर छन् । वडा कार्यालयले विद्यालय भर्ना अभियानसमेत थालेको छ ।

शिक्षक, शिक्षिकालाई हरेक दिन बिहान घरदैलोमा लगेर विद्यालय भर्नाका लागि अभिभावकलाई सम्झाउने काम गर्दै आएको वडाअध्यक्ष गुप्ताले बताइन् ।

विपन्न परिवारका बालबालिकालाई वडा कार्यालयले कापी, कलम, पोसाक, झोलालगायत शैक्षिक सामाग्री उपलब्ध गराउँदै आएको छ ।

सम्बन्धित समाचार

झडप नियन्त्रणपछि बाँकेको नरैनापुर शान्त

बाँके । प्रहरीले प्रतिबन्धित लागुऔषध चरेस ओसारपासारको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ परेपछि शुक्रबार रातिसम्म बाँकेको राप्तीपारि नरैनापुर क्षेत्र तनावपूर्ण बन्यो । पक्राउ परेका भारतीय नागरिकलाई छुटाउन दबाब दिँदै

बाँकेमा दुई बसमा विद्युत् सर्ट भई आगलागी

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुरस्थित बाइपासमा रहेको एक ग्यारेजमा रोकिराखेको बसमा आगलागी भएको छ । आगलागीबाट ना ४ ख ७०२४ र ना ५ ख २४६५ नम्बरको बस जलेर पूर्णरुपमा क्षति

बाँकेका सयौं बालबालिका अझै विद्यालयको पहुँच बाहिर

बाँके । बाँकेको जानकी गाउँपालिका–२ का बालबालिका अझै विद्यालयको पहुँच बाहिर रहेका छन् । विद्यालय जाने उमेरका बालबालिकामध्ये अधिकांशका अभिभावकले काममा लगाउने गरेका कारण उनीहरु पढाइबाट वञ्चित भएका हुन् । वडाध्यक्ष

चुरेमा अवैध ढुङ्गा उत्खनन तीव्र

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–७ लालपुर नजिकैको सामुदायिक वनबाट अवैध ढुङ्गा उत्खनन भइरहेको छ । मण्डपवा सामुदायिक वनक्षेत्रको चुरे पहाडबाट लामो समयदेखि ढुङ्गा उत्खनन गर्दै राप्ती नदीमा निर्माण भइरहेको तटबन्धका


z