• २०८१ बैशाख ८ शनिबार

बाँकेका सयौं बालबालिका अझै विद्यालयको पहुँच बाहिर

kharibot

बाँके । बाँकेको जानकी गाउँपालिका–२ का बालबालिका अझै विद्यालयको पहुँच बाहिर रहेका छन् । विद्यालय जाने उमेरका बालबालिकामध्ये अधिकांशका अभिभावकले काममा लगाउने गरेका कारण उनीहरु पढाइबाट वञ्चित भएका हुन् ।

वडाध्यक्ष चन्द्रीका गुप्ता अभिभावकलाई शिक्षाको महत्व थाहा नहुँदा उनीहरुका बालबालिका शिक्षाबाट वञ्चित हुँदै आएको बताइन् ।

“वडा कार्यालयले शिक्षालाई प्राथमिकतामा राखेको छ”, उनले भनिन् । उक्त  वडामा पाँच सामुदायिक विद्यालयमा करीब एक हजार ५०० विद्यार्थी अध्ययरत छन् । झण्डै ५०० बालबालिका बिद्यालयको पहुँचभन्दा बाहिर छन् । वडा कार्यालयले विद्यालय भर्ना अभियानसमेत थालेको छ ।

शिक्षक, शिक्षिकालाई हरेक दिन बिहान घरदैलोमा लगेर विद्यालय भर्नाका लागि अभिभावकलाई सम्झाउने काम गर्दै आएको वडाअध्यक्ष गुप्ताले बताइन् ।

विपन्न परिवारका बालबालिकालाई वडा कार्यालयले कापी, कलम, पोसाक, झोलालगायत शैक्षिक सामाग्री उपलब्ध गराउँदै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै