इन्डोनेसियामा खानी दुर्घटनामा पाँचको मृत्यु, दर्जनौं खानीभित्रै

खरीबोट

इन्डोनेसिया । इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा सुनखानी दुर्घटना हुँदा कम्तीमा पाँच जना खानी मजदुरको मृत्यु हुनुका साथै अरु दर्जनौं खानीभित्रै पुरिएको प्रहरीले जनाएको छ ।

उद्धारकर्ताहरुले खानीबाट पाँच जनाको शव निकालेका छन् । बोगोर जिल्लाको बान्तर गाउँको पोङकोर पहाडी भेगको सुनखानीमा उक्त दुर्घटना भएको हो । खानीमा फसेका अरु व्यक्तिको खोजी भइरहेको पनि बताइएको छ ।

खानी दुर्घटनामा बाँचेकाहरुले भने खानीभित्र अरु १५ जना पुरिएको बताएका छन् । निरन्तरको वर्षाका कारण खानी दुर्घटना भएको हुनसक्ने राष्ट्रिय प्रकोप नियन्त्रण संस्थाका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले बताए ।

कठिन भौगोलिक अवस्था र निरन्तरको वर्षाका कारण उद्धारमा कठिनाई रहेको पनि उनले बताए ।

इन्डोनेसियामा पुराना सुनखानी धेरै रहेका र तिनीहरु परम्परागत रुपमै सञ्चालनमा रहेका छन् । खासगरी पहाडी दुर्गम इलाकाहरुमा यी सुनखानी छरिएर रहेका छन् ।

सम्बन्धित समाचार

इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

जकार्ता । इन्डोनेसियाको पूर्वी मालुकु द्वीपलाई केन्द्रविन्दु बनाएर आइतबार ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ केन्द्रका अनुसार भूकम्प निकै शक्तिशाली भए पनि सुनामीको चेतावनी दिइएको छैन । स्थानीय समय

इन्डोनेसियाको सैनिक हेलिकोप्टर १२ यात्रुसहित बेपत्ता

जाकार्ता । इन्डोनेसियाको एउटा सैनिक हेलिकोप्टर शुक्रबार सम्पर्कविहीन भएको छ ।  उडेको केहीबेरमै १२ यात्रु बोकेको हेलिकोप्टर एयर ट्राफिक कन्ट्रोल रुमबाट सम्पर्कविहीन भएको अधिकारीहरूले जानकारी दिएका छन् । सम्पर्कविहीन भएको हेलिकोप्टर पपुवाको

मध्य इन्डोनेसियामा डुङ्गा दुर्घटना, सत्रको मृत्यु

इन्डोनेसिया । इन्डोनेसियाको पूर्वी प्रान्त जाभामा सोमबार एक डुङ्गा दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १७ पुगेको छ । वरिष्ठ उद्धारकर्ताले मङ्गलबार उक्त जानकारी दिए । यस दुर्घटनाबाट ३९ जनालाई भने जीवितै

इन्डोनेसियामा डुङ्गा दुर्घटना, सत्र बेपत्ता

इन्डोनेसिया । इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा कार्गो जहाज दुर्घटना हुदाँ कम्तीमा १७ जना चालक दलका सदस्य वेपत्ता भएका इन्डोनेसियाको सरकारी स्रोतले बुधबार जानकारी दिएको छ । शनिबार भएको यस घटना चालक


z