• २०८१ बैशाख १२ बुधबार

पुरानो गलैचाँमा कपिलको कला 

kharibot

तस्बीर : खरीबोट

काठमाडौं । कलाकार कपिलमणि दिक्षितले गलैचाँमार्फत् आफनो कला प्रस्तुति गरेका छन् । कलाकार दिक्षितले पुरानो गलैचाँमा एक ‘न्यूड’ महिलाको आकृति बनाई प्रर्दशनमा राखेका छन् । 

उनले उक्त कला विगत दुईदिनदेखि तारा गाँउ संग्रहालयमा प्रदर्शनमा राखेका हुन् । विगत लामो समय अर्थात् करिब १० वर्षदेखि प्रयोग गर्दै आएको गलैचाँलाई व्यवस्थित गर्नका लागि भन्दै उनले गैलचाँमा कला भरेको बताए । आफनो कला स्टुडियोमा प्रयोग गर्दै आएको गैलचाँमा उनले न्यूड महिलाको आकृति भरेका छन् । 

गलैचाँमा न्यूड महिलाका साथै सेतो र केहि निला घर्सो देखिन्छ जुन कला नभई गैलचाँ प्रयोग गर्दा कहि कतैबाट लागेका रंगहरु भएको दिक्षितले बताए । यस्तै उनले प्रर्दशनमा राखेको तस्बिरमा गलैचाँसँग मिल्ने रंग बाहेक अन्य रंग प्रयोग नगरिएको बताए ।

‘मैले गलैचाँमा कालो र रातो रंगबाहेक अन्य रंगको प्रयोग गरेको छैन , ’उनले भने । तस्बिरमा सेतो र निलो धर्साहरु देखिए पनि त्यो स्टुडियोमा विछ्याँउदा खेरि परेको रंग भएको दिक्षितको भनाई छ । गलैचाँमा रहेको न्यूड महिलाको आकृतिको बारेमा भने उनले सानो छदा महिलाहरुले गलैचाँ बनाउने भन्ने विषय सुन्दै आएकोले गर्दा सो कला प्रस्तुत गरिएको बताए ।

 

कला प्रदर्शनमा राखेपछि हेर्नको संख्या बाक्लो रहेको उनले बताए । हेर्न जतिले उनको कलाको प्रशंसा गरेको दिक्षितिको भनाई छ । महिलाको न्यूड आकृति देखि लिएर रंगको संयोजन लगायतका विविध पक्षहरु दर्शकहरुले मनपराएको उनले बताए ।

दिक्षितले विगत लामो समय देखि कला क्षेत्रमा क्रियाशील छन् । उनी न्यूड कलामा विशेष अभिरुचि राख्छन् ।

यस्तै संग्रहालयमा एउटै मात्र तस्बिर प्रदर्शनमा राख्न पाइने व्यवस्था छ । दर्शकको ध्यान नभडकियोस् भनेर एउटामात्र तस्बिर राखेको संग्राहलयका निर्देशक रोशन मिश्रले बताए । ‘धेरै तस्बिर राख्दा दर्शकको ध्यान एककिृत नहुने हुदाँ एउटामात्र प्रर्दशनमा राखिएको हो, ’उनले भने । 

उनले एउटामात्र कला प्रदर्शनमा राख्दा कलाकार र दर्शकबीच कलाको विषयमा कुराकानी गर्न सहज हुने बताए । ‘एउटा कला राखिन्छ दर्शक आँउछन् हेर्छन मनमा उठेका जिज्ञासा कलाकार सँग राख्न पाँउछन् ,’ उनले भने । 

कलाकारले प्रदर्शनमा राखिएको कलाको बारेमा दर्शकलाई धेरै कुरा बुझाउन सकुन् भनेर एउटामात्र कला प्रदर्शन गर्न पाउने व्यवस्था गरिएको उनले बताए । यसअघि सो संग्रहालयमा मनिष लाल श्रेष्ठको कला प्रदर्शन गरिएको थियो ।

सो प्रदर्शनी जेठ ७ गतेसम्म तारा गाँउ संग्रहालयमा रहने भएको जानकारी कपिलले खरीबोटलाई दिएका छन् ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै