• २०८१ बैशाख ८ शनिबार

एन्फाको वरिष्ठ उपाध्यक्षमा पंकज विक्रम नेम्वाङ चयन

kharibot

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को वरिष्ठ उपाध्यक्षमा पंकज विक्रम नेम्वाङ चयन भएका छन् ।

एन्फा केन्द्रिय कार्यसमिति आज बसेको बैठकले नेम्वाङलाई सर्वसम्मत वरिष्ठ उपाध्यक्ष चुनेको प्रवक्ता किरण राईले जानकारी दिएका छन् । एन्फाले संघको विधानको धारा ३५ (१) क बमोजिम रिक्त रहेको वरिष्ठ उपाध्यक्ष पदमा संघका उपाध्यक्षहरु मध्येबाट चयन गरेको जनाएको छ ।

साथै आजको बैठकले प्रदेश स्तरीय कार्यक्रम संचालन गर्ने गरी सातै प्रदेशका लागि सहायक महासचिवहरुलाई जिम्मेवारी तोकेको छ । साथै बैठकले संघका पदाधिकारी, सदस्यहरु, कर्मचारी, प्रशिक्षक, रेफ्रीहरुका लागि संघको हित विपरित प्रतिक्रिया नदिन अचार संहिता बनाएर लागु गर्न संघका प्रवक्ता किरण राईको संयोजकत्वमा समिति गठन गरेको छ ।

साथै बुटवल र धरानमा यसै बर्षदेखि संचालन हुने एन्फा एकेडेमीका लागि १३ बर्ष र १६ बर्ष मुनिका युवा २५-२५ जना खेलाडी छनौट गरि संचालन गर्ने निर्णय गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै