• २०८१ बैशाख ४ मंगलबार

म्यानचेस्टर सिटीलाई च्याम्पियन्स लिगमा एक बर्षको प्रतिबन्ध लाग्न सक्ने !

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीलाई युइएफए च्याम्पियन्स लिगमा एक बर्षको प्रतिबन्ध लाग्न सक्ने भएको छ ।

न्युयोर्क टाइम्सका अनुसार हाल फाइनान्सियल नियम तोडेको आरोपमा छानबिन गरिरहेको कमिटीले सिटीलाई च्याम्पियन्स लिगबाट एक बर्ष प्रतिबन्ध लगाउने सिफारिश गर्न लागेको उल्लेख गरेको छ ।

बेल्जियमका पुर्वप्रधानमन्त्री प्रमुख रहेको युइएफएको स्वतन्त्र फाइनान्सियल कन्ट्रोल बोर्डले यहि साता सो सिफारिश गर्न लागेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

गत बर्ष जर्मनी पत्रिका डेर स्पाइगेलमा स्पोन्सरसम्बन्धि मल्टी मिलियन डलर सम्झौतामा सिटीले युइएफएको फाइनान्सियल नियम उलंघन गरेको रिपोर्ट सार्वजनिक भएको थियो । यस अघि यस्तै आरोपमा सन् २०१४ मा सिटीलाई ४९ मिलियन पाउण्ड जरिवाना समेत गरिएको थियो ।

युइएफएले सीटीलाई च्याम्पियन्स लिगमा प्रतिबन्ध लगाए पनि आउदो सिजन भने सिटीले अपिल गर्न पाउने भएकाले खेल्न पाउने र अर्को सिजनमा मात्र लागु हुने बताइएको छ ।

यसै बीच सिटीले एक विज्ञप्ति प्रकाशित गर्दै क्लबले छानबिनमा पूर्ण सहयोग गरेको र फाइनान्सियल नियम नामिचेको दाबि गरेको छ ।

सिटीले यस सिजन लगातार दोस्रो पटक लिगको उपाधि जितेको छ ।                                
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै