• २०८१ बैशाख १२ बुधबार

वुमन्स च्याम्पियन्स लिग टी-२० लिगको खेलाडी ड्राफ्ट सम्पन्न

kharibot

तस्बीर : पोखरा पल्टन/ट्वीटर

काठमाडौं । महिला क्रिकेटको टी-२० लिग वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) को खेलाडीको ड्राफ्ट आज काठमाडौंमा सम्पन्न भएको छ ।

काठमाडौंमा मंगलबार भएको ड्राफ्टमा ५ टिमले हरेक टिममा ११-११ खेलाडीका दरले ५५ खेलाडीलाई अनुबन्ध गरेका छन् । नेपालमै पहिलो पटक भएको ड्राफ्टमा कुल १ सय ९ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए । वुमन्स च्याम्पियन्स लिगमा ललितपुर फाल्कन्स, पोखरा पल्टन, क्याट क्वीन्स, चितवन राइनोज र विराटनगर टाइन्टस गरि ५ टोलीले प्रतिस्पर्धा गर्दै छन् । 

ड्राफ्टमा डायमण्ड, सफाएर र रुबिज गरि तीन श्रेणीमा राखि खेलाडी अनुबन्ध गरिएको थियो । डायमण्ड श्रेणीमा अहिले राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीहरू रहेका थिए । डायमण्ड श्रेणीमा रहेका खेलाडीको मुल्य ७५ हजार तोकिएको थियो । 

रुबीजमा राष्ट्रिय टोलीबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरिसकेका खेलाडी राखिएको थियो । जसको मुल्य ५० हजार थियो । सफायरमा क्षेत्र वा प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडी रहेका थिए । जसको मुल्य २५ हजार छ ।

प्रतियोगितामा सहभागी प्रत्येक टोलीले दुई जना वाइल्ड कार्ड इन्ट्रीका खेलाडीलाई समावेश गर्नुपर्नेछ । जसको लागि केहि दिनमा आयोजकले ट्यालेन्टहटमार्फत अनुबन्ध गर्ने जनाएको छ । क्विन्स इभेन्ट म्यानेजमेन्टले आयोजना गर्ने डब्लुसिएल असोज ३ गतेदेखि ११ गते सम्म कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने बताईएको छ ।

ड्राफ्टमा छनोट भएका खेलाडीहरु :

चितवन राइनोज :

१.    काजल श्रेष्ठ – चितवन राइनोज – डायमन्ड
२.    रितु कनौजिया – चितवन राइनोज – डायमन्ड
३.    रेखा रावल – चितवन राइनोज – रुबीज
४.    सन्तोषी चौधरी – चितवन राइनोज – रुबीज
५.    सन्जु लामा – चितवन राइनोज – सफाएर
६.    सुमन खतिवडा – चितवन राइनोज – सफाएर
७.    सरस्वती पुन – चितवन राइनोज – सफाएर
८.    अस्मिता खरेल – चितवन राइनोज – सफाएर
९.    प्यारी चौधरी – चितवन राइनोज – सफाएर
१०.    सावित्रा जिसी – चितवन राइनोज – सफाएर
११.    कन्चन श्रेष्ठ – चितवन राइनोज – सफाएर

विराटनगर टाइटन्स :

१.    सोनु खड्का – विराटनगर टाइटन्स – डायमन्ड
२.    आरती विडारी – विराटनगर टाइटन्स – डायमन्ड
३.    ज्योती पाण्डे – विराटनगर टाइटन्स – रुबीज
४.    डली भट्ट – विराटनगर टाइटन्स – रुबीज
५.    प्रतिक्षा बस्याल – विराटनगर टाइटन्स – रुबीज

६.    लक्ष्मी चौधरी – विराटनगर टाइन्टस – रुबीज
७.    सबनम राई – विराटनगर टाइटन्स – रुबीज
८.    शर्मीला रोका मगर – विराटनगर टाइटन्स – सफाएर 
९.    कृतिका मरासिनी – विराटनगर टाइटन्स – सफाएर
१०.    अस्मिना कर्माचार्य – विराटनगर टाइटन्स – सफाएर
११.    कृष्मा गुरुङ – विराटनगर टाइटन्स – सफाएर 


पोखरा पल्टन :

१.    विन्दु रावल – पोखरा पल्टन – डायमन्ड
२.    कविता कुवँर – पोखरा पल्टन – डायमन्ड
३.    अन्जली चन्द – पोखरा पल्टन – रुबीज
४.    अनुराधा चौधरी – पोखरा पल्टन – रुबीज
५.    रेवती धामी – पोखरा पल्टन – सफाएर
६.    नविना खड्का – पोखरा पल्टन – सफाएर
७.    मञजुकुमारी बोगटि – पोखरा पल्टन – सफाएर
८.    रुबी पोद्दार – पोखरा पल्टन – सफाएर
९.    राजमती ऐरी – पोखरा‌ पल्टन – सफाएर
१०.    निशा भट्ट – पोखरा पल्टन – सफाएर
११.    सरस्वती घर्ती मगर – पोखरा पल्टन – सफाएर


ललितपुर फाल्कन्स :

१.    ममता चौधरी – ललितपुर फाल्कन्स – डायमन्ड
२.    करुणा भण्डारी – ललितपुर फाल्कन्स – डायमन्ड
३.    सरिता दिस्वा मगर – ललितपुर फाल्कन्स – रुबीज
४.    रोशनी बोहोरा – ललितपुर फाल्कन्स – रुबीज
५.    कृती सेन – ललितपुर फाल्कन्स – सफाएर
६.    शान्तिकुमारी चौधरी – ललितपुर फाल्कन्स – सफाएर
७.    सम्झना खड्का – ललितपुर फाल्कन्स – सफाएर
८.    अलिशा केसी – ललितपुर फाल्कन्स – सफाएर
९.    गीता गोसाई – ललितपुर फाल्कन्स – सफाएर
१०.    कविता जोशी – ललितपुर फाल्कन्स – सफाएर
११.    सीमा थापा – ललितपुर फाल्कन्स – सफाएर


क्याट क्वीन्स :

१.    अप्सरी बेगम – क्याट क्वीन्स – डायमन्ड
२.    रोमा थापा – क्याट क्वीन्स – डायमन्ड
३.    रश्मी शर्मा चौलागाईं – क्याट क्वीन्स – रुबीज
४.    संगीता राई – क्याट क्वीन्स – रुबीज
५.    सरस्वती चौधरी – क्याट क्वीन्स – रुबीज
६.    नितु भण्डारी – क्याट क्वीन्स – सफाएर
७.    सुमन विष्ट – क्याट क्वीन्स – सफाएर
८.    ममता थापा – क्याट क्वीन्स – रुबीज
९.    ईश्वरी विष्ट – क्याट क्वीन्स – सफाएर
१०.    लक्ष्मी साउद – क्याट क्वीन्स – सफाएर
११.    मनीषा राना – क्याट क्वीन्स – सफाएर

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै