• २०८१ बैशाख ८ शनिबार

पाकिस्तानमाथि इङल्याण्डको रेकर्ड जितमा बैरस्ट्रवको आक्रामक ब्याटिंग

kharibot

काठमाडौँ । इङल्याण्डले एकदिवसीय क्रिकेट सिरिजको तेस्रो खेलमा पाकिस्तानलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा इङल्याण्डले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो ।

पाकिस्तानले दिएको ३५९ रनको लक्ष्य पछाएको इङल्याण्डले ४४.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

इङल्याण्डले आफ्नो एकदिवसीय क्रिकेटमा अहिलेसम्म कै ठुलो दोस्रो रन चेज गरेर जितेको छ । इङल्याण्डका लागि जोनी बैरस्ट्रव आक्रामक शतक बनाएका थिए । बैरस्ट्रवले शतकीय पारी खेल्दै १२८ रन बनाएका थिए । ७४ बलमा आफ्नो शतक पुरा गरेका बैरस्ट्रवले ९३ बलमा १२८ रन बनाएका थिए ।

त्यस्तै जासन रोयले ५५ बलमा ७६ रन बनाए भने मोइन अलीले ४६ रनको योगदान दिएका थिए ।

त्यस्तै जोय रूटले ४३ र बेन स्टोकले ३७ तथा इओन मोर्गनले १७ रन बनाए ।

पाकिस्तानका बलर जुनैद खान, इमाद वाशिम र फाहीम आश्रफले एक एक विकेट लिएका थिए । 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले ५० ओभरमा ९ विकेट गुमाउदै ३५८ रन बनाएका थिए । पाकिस्तानका लागि इमान उल हकले आफ्नो क्यारियरकै उत्कृष्ट पारी खेल्दै १५१ रन बनाएका थिए । इमानले १३१ बल खेल्दै १५१ रन्को पारी खेलेका थिए । एकदिवसीय क्रिकेटमा इमानको यो छैठौ शतक हो ।

त्यस्तै आसिफ अलीले ५२, हरिस सोहेलले ४१, सरफराज अहमदले २७, इमाद वाशिमले २२, हसन अलीले १८ रन बनाएका थिए ।

त्यस्तै इङल्याण्डका बलर क्रिस वोक्सले सर्वाधिक ४ विकेट लिएका थिए भने टम कुरानले २ विकेट लिएका थिए । त्यस्तै डेविड विली र लियाम प्लंकेटले एक एक विकेट लिएका थिए ।
खेलको प्लेयर अफ द म्याच इङल्याण्डका जोनी बैरस्ट्रव बनेका थिए । 

५ खेलको एकदिवसीय सिरिजमा इङल्याण्ड २-० ले अगाडी रहेको छ । सिरिजको चौथो खेल शुक्रबार खेलिदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै