ग्रीजम्यानले गरे एथलेटिको म्याड्रिड छोड्ने घोषणा

खरीबोट

काठमाडौँ । फ्रान्सका स्टार फुटबलर एन्टोनी ग्रीजम्यानले यस सिजनपछि एथलेटिको म्याड्रिड छोड्ने घोषणा गरेका छन् ।

ग्रीजम्यानले एक भिडियो संदेश जारी गर्दै आगामी शनिबार हुने एथलेटिकोको लेभान्तेविरुद्धको खेल एथलेटिकोबाट आफ्नो अन्तिम खेल हुने घोषणा गरेका छन् ।

गत सिजनमा क्लबमा ५ बर्षका लागि आफ्नो सम्झौता नवीकरण गरेका २८ बर्षिय ग्रीजम्यानले क्लब छोड्ने घोषणा गरेका हुन् । ग्रीजम्यानको एथलेटिको म्याड्रिड छोड्ने घोषणा सँगै उनको बार्सिलोना जाने चर्चा शुरु भएको छ । अघिल्लो सिजनमा पनि ग्रीजम्यानको बार्सिलोना जाने तयारी असफल भएको थियो ।

मिडिया रिपोर्टका अनुसार आगामी जुनको पहिलो सातामा नै ग्रीजम्यानलाई बार्सिलोनाले भित्राउने तयारी गरेको उल्लेख छ । बार्सिलोनाले ग्रीजम्यानलाई १४६ मिलियन डलर तिरेर भित्राउन लागेको बताइएको छ । यद्यपी यस रिपोर्टको बार्सिलोना र ग्रीजम्यान दुवैले पुष्टि भने गरेका छैनन् ।

ग्रीजम्यानले आफुले नयाँ चुनौतीका लागि नयाँ ठाउमा जान लागेको बताउदै क्लबमा रहेका ५ बर्ष अविस्मरणीय रहेको बताएका छन् ।

सन् २०१४ मा ला लिगा कल्ब रियल सोसीयडाडबाट एथलेटिको आएका ग्रीजम्यानले एथलेटिकोमा ५ सिजन खेलेका छन् । ५ सिजनमा एथ्लेटिकोका लागि कुल २५६ खेल खेल्दै १३३ गोल गरेका छन् ।

एथलेटिकोका लागि ग्रीजम्यानले २०१७-१८ को युरोपा लिग जितेका थिए भने २०१८ मा युइएफ़ए सुपर कप र २०१४ मा स्पेनिस सुपर कोपा जितेका थिए ।

सम्बन्धित समाचार

रियलको प्रशिक्षणमा ‘जापानिज मेसी मेनिया', पछुताउदै बार्सिलोना

काठमाडौँ । ‘जापानिज मेसी’ उपनामले चर्चित युवा जापानिज मिडफिल्डर टेकेफुसा कुबो अहिले रियल म्याड्रिडको सिनियर टिमसँग अमेरिका टुरमा रहेका छन् । अमेरिका टुरको परी-सिजन प्रशिक्षणका क्रममा कुबोको निकै तारिफ भइरहेको

फर्नान्डो टोरेजले सन्यास लिए

काठमाडौँ । स्पेनका फुटबलर फर्नान्डो टोरेजले व्यावसायिक फुटबलबाट सन्यास लिएका छन् । टोरेजले ३५ बर्षको उमेरमा सन्यासको घोषणा गरेका हुन् । स्पेनको राष्ट्रिय टिमबाट ११० अन्तर्राष्ट्रिय खेल खेलेका टोरेजले एथलेटिको म्याड्रिड,

नेइमारलाई फेरी भित्र्याउने तयारीमा बार्सिलोना !

काठमाडौँ । ब्राजिलका फुटबलर नेइमार फेरी बार्सिलोना फर्किने सम्भावना बढेर गएको छ । फ्रेन्च मिडियाका अनुसार बार्सिलोनाका उच्च अधिकारीहरुले नेइमारलाई बार्सिलोना फर्काउने पहल सुरु गरेको उल्लेख गरेका छन् । नेइमारलाई बार्सिलोना

को हुन् रियल म्याड्रिडले साइन गरेका फेरल्याण्ड मेंडी ?

 काठमाडौँ । रियल म्याड्रिडले फ्रान्सका लेफ्ट ब्याक फेरल्याण्ड मेंडीलाई ६ बर्षका लागि साइन गरेको छ । इडेन हजार्ड, लुका जोभिकपछि म्याड्रिडले आउदो सिजनका लागि तेस्रो साइन गरेको हो । मेंडीलाई रियल


z