बेलायतको बेरोजगार दर ४५ बर्ष यताकै न्यून

खरीबोट

लण्डन । बेलायतको बेरोजगार दर ४५ बर्ष यताकै न्यून अवस्थामा पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ ।

बेलायतको यूरोपेली सङ्घ (इयू) बाट हुने भनिएको बहिर्गमन प्रक्रिया लम्बिएर अनिश्चिततातर्फ जाँदा पनि यहाँको अर्थतन्त्रमा स्थिरता कायम देखिएको मङ्गलबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।

सन् २०१९ को शुरूवाती तीन महिनामा यहाँको वेरोजगार दर ३.८ प्रतिशत कायम भएको र यो सन् १९७४ को अन्तिम त्रैमासिक पछिको न्यून बेरोजगार दर भएको बेलायती तथ्याङ्क मामिला हेर्ने कार्यालय (ओएनएस)ले एक विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

सन् १९७४ (४४ बर्ष पहिले) को आर्थिक बर्षको अन्तिम त्रैमासिकमा बेरोजगार दर ३.९ रहेको थियो भने त्यसपछि कहिल्यै पनि यो विन्दुमा नझरेका ओएनएसले जनाएको छ ।

“ब्रेक्जिटसम्बन्धी अनिश्चितताको मुखमा पनि बेलायतको श्रम बजार आश्चर्यजनकरूपमा लचकदार देखिएको छ,” हारग्रिभ्स ल्यान्सडाउनका वरिष्ठ अर्थशास्त्री बेन ब्रेटेलले पछिल्लो तथ्याङ्कपछि प्रतिक्रिया दिए ।

“यी साँच्चै अर्थतन्त्रले सामना गरेका मजबुत तरङ्ग हुन् जसलाई तथ्याङ्कले प्रष्ट्याएको छ ।” 

ओएनएसले भनेको छ, बेलायतको रोजगारदर ७६.१ प्रतिशत हुने अनुमान गरिएको थियो, जुन सबैभन्दा उच्च संयुक्त तथ्याङ्क हो जुन रेकर्डमा राखिएको छ ।

ब्रेटेलले भने, “यहाँ यस्ता प्रमाणिक चासो छन् जसलाई संयुक्त अधिराज्यका कम्पनीहरूले चाहिनेभन्दा बढी पूँजीगत खर्चको तुलनामा श्रमलाई सङ्ग्रह गरेका छन् ।”

“यस्तो अनिश्चित समयमा तपाइले किन नयाँ योजना र उपकरणमा ठूलो राशी खर्च गर्नुहुन्छ जव तपाँइले थप श्रमिक भित्राउन सक्नुहुन्छ र सोही नतिजा पाउन सक्नु हुन्छ ?”

यस्तै औषत साप्ताहिक आम्दानीलगायत अधिक लाभांशमा भने मार्चसम्म अर्थात् गत तीन महिनामा ३.२ प्रतिशतले कमी आएको तथ्याङ्कमा उल्लेख छ ।

सम्बन्धित समाचार

बेलायती तेल ट्याँकरमा आक्रमण गरिएको छैन : इरान

इरान । इरानको क्रान्तिकारी गार्ड (सेना)ले बेलायती तेल ट्याँकरलाई होर्मुज स्ट्रेटमा अबरुद्ध नगरेको स्पष्ट गरेको छ । बेलायती तेल ट्याँकरलाई इरानी गार्डले आक्रमण गरी नियन्त्रणमा लिन खोजेको भन्ने बेलायती भनाइमा

ट्रम्पसँगको विवादपछि अमेरिकाका लागि बेलायती राजदूतको राजीनामा

लण्डन । अमेरिकाका लागि बेलायती राजदूत किम ड्यारोकले राजीनामा दिएको बताएका छन् ।  उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विवाद भएपछि राजीनामा दिएको बुधबार जानकारी दिएका छन् ।  अमेरिकी राष्ट्रपति ट्रम्पलाई ‘अयोग्य र

नक्कली समाचार नियन्त्रणका लागि बेलायतले छुट्यायो १ करोड ८० लाख पाउन्ड्स

बेलायत । संयुक्त राष्ट्रसङ्घले पूर्वी यूरोपमा बेलायतविरोधी भ्रम छर्न प्रयोग हुने गलत तथा भ्रामक समाचारलाई नियमन गर्नका लागि एक करोड ८० लाख पोण्डस्टर्लिङ बजेटको व्यवस्था गर्ने बताइएको छ । बजेटले पश्चिमी

ज्यागुअर ल्याण्ड रोभरद्धारा विद्युतीय कारको निर्माण बेलायतमा गर्ने, इयूबाट बाहिरिदाँ हजारौंलाई रोजगारी 

लण्डन ।  कार निर्माता विश्व प्रसिद्ध कम्पनी ज्यागुअर ल्याण्ड रोभरले आफ्नो विद्युतीय कारको निर्माणलाई इङ्ल्यान्डको मध्य क्षेत्रमा स्थापना गर्ने शुक्रबार जनाएको छ । कम्पनीले शुक्रबार एक विज्ञप्ति जारी गरी भनिएको छ,“ल्याण्ड


z