• २०८१ बैशाख ८ शनिबार

एएफसी कप अन्तर्गत मनाङ भारतको मिनेर्भा पन्जाबसँग खेल्दै 

kharibot

काठमाडौं । एएफसी कप अन्तर्गत समूह चरणको चौथो खेलमा आज मनाङ मर्स्याङदी क्लबले भारतको आईलिग च्याम्पियन मिनेर्भा पन्जाब फुटबल क्लबको सामना गर्दैछ ।

समूह चरणका तीनै खेल बराबरीमा रोकिएको मिनेर्भा सोमबार नेपाल आइपुगेको हो । टोलीले आएकै दिन सामान्य प्रशिक्षण गरेको थियो । खेल  अपराह्न ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुदै छ ।

समुह इ मा रहेको मनाङ मर्स्यांदी ३ खेलमा एक बराबरी र २ हारसहित पुछारमा रहेको छ । त्यस्तै मिनेर्भा भने प्रतियोगितामा अहिलेसम्म खेलेका तिनै खेल बराबरीमा रोकिएको छ । 

समुहमा भारतको चेन्नईयिन क्लब ७ अंकसहित शिर्ष स्थानमा छ भने बंगलादेशको अबहानी लिमिटेड ढाका ४ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै मिनेर्वा पंजाव ३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

मनाङले लिग चरणका खेलमा आगामी जुन १९ मा अबहानी ढाका र २६ जुनमा चेन्नईयीन क्लबसँग खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै