• २०८१ बैशाख ८ शनिबार

बलिवुडमा आफ्नै गल्तिले पछाडी परे – सुनिल शेट्टी  

kharibot

मुम्बई । बलिवुडका अभिनेता सुनिल शेट्टीले फिल्मी क्यारियरमा आफुले गल्ति गरेर पछाडी परेको बताएका छन् ।

९० को दशकका बलिवुडका सुपरस्टार रहेका शेट्टीले अहिलेसम्म १२० भन्दा बढी फिल्ममा कम गरेपछि यस्तो बयान दिएका छन् । समकालीन अभिनेता अक्षयकुमार र अजय देवगन अहिले पनि सुपरहित फिल्म दिइरहेका बेला सुनिल भने अहिले फिल्ममा धेरै कम देखिने गरेका छन् ।

आफ्नो फिल्मी क्यारियर बारे टिप्पणी गर्दै सुनिलले अक्षय र अजयलाई देखेर आफुलाई गर्व हुने बताएका छन् । उनले अगाडी भनेका छन्, 'मैले केहि गल्ति गरे त्यसैले आज यँहा छु, मैले आजभोली सोच्छु यदि मैले अक्षय र अजयको जस्ता क्यारियरमा ध्यान दिएको भए आहिले धेरै अगाडी हुने थिए ।'

उनले अगाडी भनेका छन्, 'म अलि बढी इमोशनल थिए, मैले आफ्नो क्यारियरमा धेरै योजना बनाएर अगाडी बढीन ।'

बलिवुडमा एक्शन हिरोको रुपमा प्रवेश गरेका सुनिलले बलवान फिल्मबाट बलिवुडमा इन्ट्री गरेका थिए । त्यसपछि उनले मोहोरा, दिलवाले, बर्डर जस्ता सफल फिल्ममा अभिनय गरेका छन् ।

पछिल्लो समय सुनिल रेष्टुरेन्ट विजिनेसमा पनि रहेका छन् । सुनिलको मुम्बइमा मिसशेफ डाइनिङ बार एण्ड क्लब एच२० रहेको छ । त्यस्तै सुनिलले हाकिम आलिमको सैलुनमा पनि ५० प्रतिशत लगानी गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै