कामीरिताको २३औँ पटक सगरमाथा आरोहण, बन्यो नयाँ कीर्तिमानी

खरीबोट

सोलुखुम्बु । साहसिक आरोही कामीरिता शेर्पाले २३औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

सोलुखुम्बु थामेका शेर्पाले बुधबार बिहान ७:५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३औँपटक पाइला टेकेको आधार शिविरबाट पर्यटन विभाग पर्वतारोहण शाखाका नायबसुब्बा रामेश्वर निरौलाले जानकारी दिए ।

लामो समयदेखि आरोहण क्षेत्रमा रहेका ४९ वर्षीय शेर्पाले आफूले कायम गरेको विश्व रेकर्ड आफैँले तोड्दै नयाँ विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् ।

कामीरिता शेर्पा र ओङ्दी शेर्पाले सेभेन समिट्स ट्रेक्समार्फत आरोहण गरेका हुन् । कम्पनीका टासी लाक्पा शेर्पाले यो राष्ट्रकै गौरवको कुरा भएको बताए ।

सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका कामीरिताले आरोहणअघि सञ्चारकर्मीसँग कुरा गर्दै २५ पटक चुचुरोमा पुगेपछि आराम गर्ने बताएका थिए ।

बौद्ध धर्मअनुसार एक महीनाअघिदेखि गुम्बामा पूजापाठ गरी आरोहणमा गएका शेर्पाले आरोहण कठिन हुने भए पनि आफूलाई सामान्य लाग्ने बताए ।

यसअघि २१ पटक सगरमाथा चढिसकेका आप्पा शेर्पा र फुर्वातासी शेर्पाले आरोहणबाट सन्यास लिइसकेका छन् ।  
 

सम्बन्धित समाचार

‘सगरमाथा आरोहण प्रतिबन्धको हल्ला निराधार’

काठमाडौँ । पर्यटन विभागले सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि प्रतिबन्ध लगाउने भन्ने हल्ला निराधार भएको स्पष्ट पारेको छ । विभागले विज्ञप्ति जारी गर्दै सगरमाथालगायत ४१४ हिमालमध्ये कुनै पनि हिमाल

सगरमाथाको उचाइका लागि तथ्याङ्क सङ्कलन हुँदै

काठमाडौँ । सरकारले पहिलोपटक सगरमाथाको उचाइमापनका लागि शुरु गरेको  स्थलगत कार्य करीब ९० प्रतिशत सम्पन्न भएको छ । नापी विभागले सगरमाथा तथा त्यस आसपास क्षेत्रका विभिन्न स्थानमा कार्यस्थल बनाएर आवश्यक

प्रकाश दाहाल प्रतिष्ठानद्वारा ५ जनालाई सगरमाथा आरोहण सम्मान

काठमाडौं । प्रकाश दाहाल प्रतिष्ठानले साहसिक सगरमाथा आरोहण सम्मान २०७६ बाट पाँचजना सम्मानित भएका छन् ।  नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड पुत्र स्वर्गीय प्रकाश दाहालको ३८ औं जन्मजयन्तीको अवसरमा प्रतिष्ठानले मंगलबार

यस यामको सगरमाथा आरोहण गर्ने भारतीय धेरै

काठमाडौँ । सन् २०१९ को वसन्तयाममा सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नेमा सबैभन्दा धेरै छिमेकी मुलुक भारत र चीनका आरोही रहेका छन् । पर्यटन विभागका अनुसार भारतका ६१ र चीनका ५४ जना


z