• २०८१ बैशाख ७ शुक्रबार

फिमेल अर्गाजमबारे पुरुषले जान्नैपर्ने केही विषय 

kharibot

काठमाडौं । अधिकांश पुरुषलाई फिमेल अर्गाजमको बारेमा थाहा नहुन सक्छ । पुरुषहरुलाई आफू सन्तुष्ट भएपछि संगिनी पनि सन्तुष्ट भइन् भन्ने लाग्न सक्छ । तर, महिला र पुरुषको शरीरको बनावट भिन्न किसिमको हुनाले जसरी पुरुष सन्तुष्ट हुन्छन्, त्यसै गरी महिला सन्तुष्ट नहुन सक्छन् । अतः महिलाको शारीरिक बनावट, उत्तेजना र आवश्यकतालाई बुझेर उनीहरुलाई अर्गाजम अर्थात् चरमोत्कर्षको अनुभव गराउनु पुरुषको दायित्व पनि हुन जान्छ ।

महिलालाई चरमोत्कर्षको अनुभव गराउन सकेमा दुईबीचको सम्बन्ध पनि प्रगाढ हुन्छ । विशेषतः पुरुषले यस विषयमा ध्यान दिन आवश्यक छ । यदि कसैले अश्लील भिडियोहरु हेर्ने गरेका छन् भने त्यस्ता भिडियोमा पेनिट्रेसनलाई नै बढी महत्त्व दिइएको हुन्छ । त्यस्ता भिडियोमा पेनिट्रेसनबाहेक अन्य यौनिक क्रियाकलाप र आनन्दलाई नगण्य देखाइएको हुन्छ । तर, वास्तवमा अर्गाजमका लागि पेनिट्रेसनबाहेक अन्य क्रियाकलाप पनि त्यतिकै महत्त्वपूर्ण हुन्छन् । महिलाको अर्गाजमका लागि यी कुरामा विशेष ध्यान दिनु आवश्यक छ । 

महिलाको शरीरलाई बुझ्ने कोसिस गरौं 

यौनजन्य क्रियाकलापमा पुरुषहरुमा भावनात्मक कमी हुन्छ । कतिपय पुरुष केही समय महिलालाई चुम्बन गरेर शरीर सुम्सुम्याउँछन् र पेनिट्रेसन सुरु गरिहाल्छन् । पुरुषहरु फोरप्लेलाई त्यति समय नै दिँदैनन् । पुरुषहरु जसरी छिटै उत्तेजित हुन्छन्, महिलालाई भने उत्तेजनामा आउन समय लाग्छ । महिलाहरु उत्तेजित हुन ३ देखि १५ मिनेटसम्म लाग्न सक्छ । त्यस्तै, जसरी पुरुषहरु चरमोत्कर्षमा पुग्नेबित्तिकै स्खलित हुन्छन् । तर, महिलाहरु भने एकपटकभन्दा बढी चरमोत्कर्ष महसूस गर्न सक्छन् । तर, यसको लागि महिलाको शरीरलाई बुझ्नु अत्यन्त आवश्यक छ । उनीहरुलाई केले चरमोत्कर्षमा पुर्याउन सक्छ, त्यो थाहा पाउने कोसिस गर्नु जरुरी छ । 

चरमोत्कर्षको बाटो कहाँबाट सुरु हुन्छ ? 

अर्गाजम अर्थात् चरमोत्कर्षमा पुग्न पेनिट्रेटिभ सेक्स (योनिभित्र लिंग प्रवेश गराउनु) एकमात्र उपाय होइन । फोरप्लेको माध्यमले महिलाको शरीरका विभिन्न संवेदनशील अंगलाई उत्तेजित गर्न सकिन्छ । जस्तै, ओठ, घाँटी, कान, जाँघ, स्तन, पेट, क्लिटरिस (भगांकुर) आदि महिलाका निकै संवेदनशील अंग हुन् । जसलाई सक्रिय गरी महिलालाई अर्गाजममा पुर्याउन सकिन्छ ।

क्लिटरिसलाई उत्तेजित गर्न मुखमैथुन सबैभन्दा उत्तम उपाय मानिन्छ । त्यस्तै, औंलाको प्रयोगले पनि क्लिटरिसलाई उत्तेजित गर्न सकिन्छ । धेरैजसो पुरुषहरु उत्तेजनालाई कायम राख्न नसकी स्खलित भइहाल्छन् जसको कारण महिला असन्तुष्ट हुन सक्छन् । पुरुषले पेनिट्रेसनको लागि धैर्य राख्नुपर्छ ताकि दुवैजनाले अर्गाजम महसूस गर्न सकून् । 

एकअर्कासँग कुरा गरौं 

यौनको विषयमा पुरुष त्यति भावुक नहुन सक्छन् । तर, महिलाको लागि यौन र उत्तेजना भावनासँग धेरै नै जोडिएको हुन्छ । महिलासँग भावनात्मक सम्बन्ध प्रगाढ बनाएर उनीहरुलाई खुसी राख्नु धेरै आवश्यक छ । कतिपय अवस्थामा पुरुषहरु संगिनीले यौनानन्द प्राप्त गरिन् कि गरिनन् भन्ने सोध्न आवश्यक नै ठान्दैनन् । कतै यौनिक क्रियामा महिलालाई कुनै समस्या पो आएको छ कि भन्ने पनि वास्ता गर्दैनन् ।

तर, महिलाको रुचि–अरुचि जानेर उनीहरु सन्तुष्ट हुन सकेको वा नसकेको थाहा पाउने कोसिस गरेमा दुवैले नै यौनको भरपूर आनन्द लिन सक्छन् । जस्तै, संगिनी कहाँ छुँदा बढी उत्तेजित हुन्छिन्, के गर्दा उनलाई मन पर्दैन आदिबारे सोध्ने गरेमा महिलाहरु पनि पुरुषप्रति विश्वस्त हुन सक्छन् र यसले दुवैको आनन्दलाई दुई गुणा बढाइदिन्छ । 

अश्लील भिडियोलाई आधार नबनाऔं 

हाल अधिकांश जोडीले पोर्न भिडियो हेरेर सोही अनुसार आफ्नो यौन जीवन होस् भन्ने चाहन्छन् । पोर्न भिडियोहरु वस्तुनिष्ठ हुन्छन् । भिडियोमा धेरै इडिट गरिएको, एउटै सिनको लागि धेरै पटक खिचिएको हुन्छ । त्यसैले यी वास्तविक हुँदैनन् । पोर्नमा झैं महिलाहरु केही समयमा नै उत्तेजित हुन पनि सक्छन् र नहुन पनि सक्छन् ।

त्यस्तै, उनीहरु भिडियोमा झैं आवाज निकाल्न पनि सक्छन् र ननिकाल्न पनि सक्छन् । यसको अर्थ उनीहरु यौनको आनन्द नै लिँदैनन् भन्ने होइन । भगांकुर, स्तन आदि बाहेक महिलाका धेरै अंग संवेदनशील हुन्छन् जसलाई सक्रिय बनाई उनीहरुलाई उत्तेजित गर्न सकिन्छ । यसको लागि भिडियो हेर्नुभन्दा पनि आफूले यौन क्रीडा गर्दागर्दै जानकारी लिने कोसिस गर्नुपर्छ ।

पोर्नको कुलतले वास्तविक यौनको आनन्द लिनबाट मानिस टाढिन सक्ने भएकाले पोर्न भिडियो हेर्नुभन्दा आफ्नी संगिनीलाई धेरै समय दिनु नै यौन जीवनका लागि सबैभन्दा राम्रो उपाय हो । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै