संविधानको व्यवस्था प्रतिकूल हुने विधेयकहरुप्रति काँग्रेसको आपत्ति

खरीबोट

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संविधानको व्यवस्था र भावनाको प्रतिकूल हुने गरी संघीय संसदमा दर्ता भएका विधेयकहरु फिर्ता लिन माग गरेको छ । 

बुधबार बसेको काँग्रेस संसदीय दलको बैठकले संविधानको व्यवस्था र भावनाको प्रतिकूल हुने गरी संघीय संसदमा दर्ता भएका विधेयकहरु फिर्ता लिन सरकारसँग माग गरेको हो । 

कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाज्यूको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले संविधानमा व्यवस्था भएको पूर्ण प्रेस स्वतन्त्रताको प्रतिकुल सरकारले ‘‘नेपाल मिडिया काउन्शील सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’’ संसदमा दर्ता गरेको भन्दै आपत्ति जनाएको छ ।

कांग्रेसले प्रस्तावित विधेयकले सविधानको प्रावधान र भावनालाई ठेस पुर्याउने र प्रेस स्वतन्त्रतालाई कुन्ठित गर्ने आशय बोकेको ठहर गरेको छ ।

त्यस्तै काँग्रेसले संसदमा दर्ता गरिएको ‘‘राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक’’ ले संविधानको मूल मर्म र भावनालाई कुल्चिदै ‘‘राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८’’ को प्रस्तावनामा रहेको ‘‘स्वायत्तता र स्वतन्त्रता’’ शब्द हटाई स्वतन्त्र संबैधानिक आयोगलाई महान्याधिवक्ता कार्यालय अन्तर्गत राख्न खोजिएको आरोप लगाउदै नेपाली जनताको मानव अधिकारको संरक्षण र रक्षा गर्ने मानव अधिकार आयोगलाई सवल, सक्षम बनाउनु पर्नेमा सरकारले निरिह, कमजोर र निश्प्रयोजन गर्ने कोसिश गरिएको बताएको छ ।

त्यस्तै काँग्रेसले सरकारले संसदमा वितरण गरेको ‘‘राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’’ को दफा ६ को उपदफा (३) मा ‘‘तत्काल परिषदको बैठक बस्न सम्भव नभएमा अध्यक्षले सेना परिचालनका लागि नेपाल सरकार समक्ष सिफारिस गर्न सक्नेछ’’ भन्ने प्रावधान प्रति पन आपत्ति जनाएको छ । यस व्यवस्थाले नेपालको संविधानको प्रतिकूल हुने गरी राष्ट्रिय सुरक्षा परिषद र नेपाली सेनालाई पन्छाएर प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन गर्न खोजिएको काँग्रेसको आरोप रहेको छ । 

काँग्रेसले संसदमा विधेयकहरु प्रस्तुत गर्ने क्रममा सरकारले देखाएको धारणाले वर्तमान सरकार निरङ्कुशताको यात्रामा अघि बढी रहेको भन्दै सबै प्रकारका निरुङ्कुशताको विरुद्ध सङ्घर्ष गर्ने बताएको छ । 
 

सम्बन्धित समाचार

बुद्धको मुर्ति तोडफोड गर्नेलाई यथाशिघ्र कारवाही गर्न काँग्रेसको माग

काठमाडौँ । गएराती रुपन्देहीको तिलोत्तमा नगरपालिका क्षेत्रको सिद्धार्थ राजमार्गमा राखिएका बुद्धका मुर्ति तोडफोड भएकोमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाएको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले एक

राष्ट्रियसभामा काँग्रेस र राजपाको जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाले बाढी, पहिरो र डुवानको प्रभावत र उद्दार तथा राहतबारे छलफल गर्न राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । बुधबार काँग्रेसका

संसद स्थगित भएकोमा काँग्रेसद्वारा खेद व्यक्त

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आजको संसद बैठक स्थगित भएकोमा खेद प्रकट गरेको छ । सोमबार एक बजेका लागि बोलाइएको बैठक बाढी पहिरो प्रकोपमा सांसदहरि राहतमा जुट्न जानुपर्ने भन्दै

संसदमा काँग्रेस र राजपाको स्थगन प्रस्ताव : बाढी-पहिरो बारे छलफल गर्न प्रस्ताव  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रतिनिधिसभामा ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ दर्ता गरेका छन् । काँग्रेसका मिनेन्द्र रिजाल र पुष्पा भुसाल तथा राजपाका राजकिशोर यादवले


z