रणवीरको '८३' मा श्रीमतीको भूमिकामा दीपिका 

खरीबोट

मुम्बई । रियल जोडी रणवीर सिंह र दीपिका पादुकोणले नयाँ फिल्ममा श्रीमान श्रीमतीको भूमिकामा देखिने भएका छन् ।

भारतको पहिलो क्रिकेट वर्ल्ड कपको जितमा बन्न लागेको फिल्म ८३ मा दीपिका आफ्ना पति रणबीर सिंहको अपोजिटमा देखिने भएकी हुन् । फिल्म ‘८३’ मा रणवीर सिंहले क्रिकेटर कपिल देवको भूमिका निभाउँदैछन् र दीपिका पादुकोण यस फिल्ममा कपिलको श्रीमतीको भूमिकामा देखिने भएको फिल्मफेयरले उल्लेख गरेको छ । मिडिया रिपोर्टका अनुसार, दीपिका फिल्मको निर्माता मध्येकी एक हुन् भने फिल्ममा उनको गेस्ट अपियरेन्स हुनेछ । 

 फिल्ममा दीपिकाको कपिल देवकी श्रीमती रोमी भाटियाको भूमिका निभाउँदैछिन् । फिल्मको कहानीमा एक सिन यो पनि छ, जब भारतको विकेट गिर्न लाग्छ तब उनी स्टेडियमबाट निक्लिएर जान्छिन् । जब उनी फर्किन्छिन् तब भारतले खेल जित्न थाल्छ । 

यस अघि रामलीला, पद्मावत र बाजीराव मस्तानीमा एकसाथ काम गरेका रणवीर र दीपिका सन् २०१३ मा रिलिज भएको फिल्म रामलीलाबाट प्रेममा परेका थिए ।

गत वर्ष लगनगाँठो कसेका उनीहरु दुवैले सँगै अभिनय गरेका तीन फिल्मको भने गजब संयोग रहेको छ । तिनै फिल्ममा उनीहरुको मृत्यु भएको देखाइएको थियो । 
 

सम्बन्धित समाचार

पितासँग पहिलो पटक काम गर्दै आलिया, सडक-२ को शुटिंग शुरु 

मुम्बई । बलिवुडको सन् १९९१ मा बनेको चर्चित फिल्म सडकको सिक्वेलको सुटिंग सुरु भएको छ । सडक-२ की प्रमुख अभिनेत्री आलिया भट्टले फिल्म शुटिंगको पहिलो क्ल्यापको फोटो सार्वजनिक गर्दै फिल्मको शुटिंग

कान्स फिल्म फेस्टिभलमा दीपिकाको जादु

मुम्बई । फ्रान्सको केन्स मा जारी कान्स फिल्म फेस्टिभलमा विश्वभरका सेलिब्रेटीले सहभागिता जनाउदै छन् । यहि मे १४ देखि शुरु भएको कान्स फिल्म फेस्टिभलमा बलिवुडका अभिनेत्रीहरुले पनि सभागिता जनाइरहेका छन् । २५ मे

अक्षयकुमारसँग बलिवुडमा डेभ्यु गर्ने तयारीमा मिस वर्ल्ड मानुषी ! 

मुम्बई । सन् २०१७ की मिस वर्ल्ड मानुषी चिल्लरले बलिवुडमा डेभ्युको तयारी गरेकी छन् । फिल्म फेयरका अनुसार मानुषीले सुपरस्टार अक्षयकुमारसँग बलिवुडमा डेभ्यु गर्न लागेकी हुन् । मानुषीले यस राज फिल्म्सले निर्माण

सुजीत सरकारको फिल्ममा अमिताभ र आयुष्मान ! 

मुम्बई । बलिवुडका महानायक अमिताभ बच्चन र अभिनेता आयुष्मान खुराना एकै फिल्ममा काम गर्ने भएका छन् । अमिताभ र आयुष्मानलाई एकै फिल्ममा ल्याउने काम निर्देशक सुजीत सरकारले गरेका हुन् । सुजीत


z