• २०८१ बैशाख ८ शनिबार

रणवीरको '८३' मा श्रीमतीको भूमिकामा दीपिका 

kharibot

मुम्बई । रियल जोडी रणवीर सिंह र दीपिका पादुकोणले नयाँ फिल्ममा श्रीमान श्रीमतीको भूमिकामा देखिने भएका छन् ।

भारतको पहिलो क्रिकेट वर्ल्ड कपको जितमा बन्न लागेको फिल्म ८३ मा दीपिका आफ्ना पति रणबीर सिंहको अपोजिटमा देखिने भएकी हुन् । फिल्म ‘८३’ मा रणवीर सिंहले क्रिकेटर कपिल देवको भूमिका निभाउँदैछन् र दीपिका पादुकोण यस फिल्ममा कपिलको श्रीमतीको भूमिकामा देखिने भएको फिल्मफेयरले उल्लेख गरेको छ । मिडिया रिपोर्टका अनुसार, दीपिका फिल्मको निर्माता मध्येकी एक हुन् भने फिल्ममा उनको गेस्ट अपियरेन्स हुनेछ । 

 फिल्ममा दीपिकाको कपिल देवकी श्रीमती रोमी भाटियाको भूमिका निभाउँदैछिन् । फिल्मको कहानीमा एक सिन यो पनि छ, जब भारतको विकेट गिर्न लाग्छ तब उनी स्टेडियमबाट निक्लिएर जान्छिन् । जब उनी फर्किन्छिन् तब भारतले खेल जित्न थाल्छ । 

यस अघि रामलीला, पद्मावत र बाजीराव मस्तानीमा एकसाथ काम गरेका रणवीर र दीपिका सन् २०१३ मा रिलिज भएको फिल्म रामलीलाबाट प्रेममा परेका थिए ।

गत वर्ष लगनगाँठो कसेका उनीहरु दुवैले सँगै अभिनय गरेका तीन फिल्मको भने गजब संयोग रहेको छ । तिनै फिल्ममा उनीहरुको मृत्यु भएको देखाइएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै