• २०८१ बैशाख ८ शनिबार

नेप्से ५.५५ अंक बढ्दा १ अर्ब ३३ करोडको सेयर किनबेच

kharibot

काठमाडौं । साताको चौथो कारोवार दिन बुुधबार पनि नेप्सेमा करेक्सन देखिएको छ । नेप्से आज पाँच दशमलव ५५ अंकले बढेर १३ सय २१ बिन्दुुमा चढ्दा सेन्सिटिभ इन्डेक्स पनि दुुई दशमलव ५१ अंकले बढेर दुुई सय ८२ दशमलव २५ बिन्दुुमा चढेको छ ।

एक सय ७२ कम्पनीहरुको १३ हजार छ सय ३४ वटा कारोवारमा ४० लाख ४३ हजार एक सय ५७ कित्ता सेयर खरिद विक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद विक्री हुंदा कारोवार रकम एक अर्ब ३३ करोड तीन लाख १४ हजार दुुई सय ४७ रुपैयाँ पुुगेको छ ।  

नेप्सेमा आज १२ वटा समूहको कारोवार भएकोमा छ वटा समूहको सूचक बढेको छ भने छ वटाको घटेको छ । तीमध्ये वाणिज्य बैंक समूहको सूचक नौ दशमलव ८६ अंकले बढेर ११ सय ८५ दशमलव ४३ बिन्दुमा चढ्दा बिकास बैंक समूहको सूचक पनि २५ दशमलव ९९ अंकले बढेर १५ सय ९० दशमलव ६८ बिन्दुुमा चढेको छ । यसैगरी फाइनान्स, टे«डिङ, अन्य र लघुवित्त समूहको सूचक पनि बढेका छन् ।

आज निर्जीवन बीमा समूहको सूचक भने ३८ दशमलव ४९ अंकले घटेर ६ हजार २ दशमलव ५२ बिन्दुुमा झर्दा जीवन बीमा समूहको सूचक पनि १७ दशमलव ८४ अंकले घटेर छ हजार सात सय ६६ दशमलव ७९ बिन्दुुमा झरेको छ । यीबाहेक होटल, जलविद्युुत्, उत्पादनमूलक र सामूहिक लगानी कोष समूहको कारोवार सूचक पनि घटेका छन् । 

आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नेपाल कम्युनिटी डेभलपमेन्ट बैकको प्रतिकित्ता सेयर मूल्य सात रुपैयाँ ९७ पैसाले बढेर एक सय ४९ रुपैयाँमा कारोवार भएको छ भने गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको हिमालयन डिष्ट्रिलरी प्रालिको प्रतिकित्ता सेयर मूल्य छ रुपैयाँ ३ पैसाले घटेर १८ सय ८३ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल क्रेडिट एण्ड कमर्स बैंकको प्रतिकित्ता दुुई सय ५९ रुपैयाँ अन्तिम मूल्यमा १४ करोड ८२ लाख ३६ हजार आठ सय ४७ रुपैयाँको कारोबार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै