बिश्व पौडी च्याम्पियनसिपका लागि खेलाडी छनोट

खरीबोट

काठमाडौँ । मित्र राष्ट्र कोरियाको ग्वाङ्गजु सहरमा आयोजना हुने १८ औं फिना बिश्व पौडी च्याम्पियनसिपमा सहभागी हुने खेलाडीहरुको नेपाल पौडी संघले छनोट गरेको छ ।

नेपाल पौडी संघले बिज्ञप्ती जारी गरि बिश्व च्याम्पियनसिपमा सहभागी हुन जाने खेलाडीहरुको छनोट भएको जानकारी गराएको हो । उक्त च्याम्पियनसिपमा महिला तर्फ गौरिका सिंह र सोफिया गादेगाद शाह तथा पुरुष तर्फ शुभम श्रेष्ठ र एलेक्सजेन्डर गादेगाद शाहले सहभागिता जनाउने छन् ।

आठौं राष्ट्रिय खेलकुद अन्तरगत सम्पन्न २१ औ राष्ट्रिय पौडी च्याम्पियनसिपमा खेलाडीहरुले प्राप्त गरेको उत्कृष्ट समयका साथ फिना अंकलाई आधार मानि खेलाडी छनोट गरिएको पौडी संघले जनाएको छ ।

उक्त प्रतियोगितामा खेलाडीहरुले प्राप्त गरेको समयलाई फिना अंकमा परिवर्तन गर्दा गौरिका सिंहले २०० मिटर फ्रिस्टायलमा २ मिनट ९.१९ सेकेन्ड समयका साथ ६२४ फिना अंक प्राप्त गर्न सफल भएकी थिईन् । यस्तै सोफियाले १०० मिटर फ्रिस्टायलमा १ मिनट २.५९ सेकेन्डका साथ ५१७ फिना अंक प्राप्त गर्दै बिश्व च्यामिपयनसिपका लागि छनोट हुन सफल भएकी हुन् ।

महिला तर्फ बैकल्पिक खेलाडीका रुपमा टिषा शाक्य रहेकी छिन् । शाक्यले १०० मिटर फ्रिस्टायलमा १ मिनट ३.५६ सेकेन्डका साथ ४९४ अंक प्राप्त गरेकी थिईन् । डुवाना लामाले ४०० मिटर फ्रिस्टायलमा ४ मिनट ५०.४७ सेकेन्डमा दूरी पार गर्दै ५२६ अंक प्राप्त गरेता पनि फिनाको नियमानुसार च्याम्पियनसिपमा सहभागी हुन १४ बर्ष पुरा हुनु पर्नेमा उनको उमेर १३ बर्ष ५ महिना १७ दिन मात्र भएकोले उमेरका आधारमा च्याम्पियनसिपमा सहभागी हुन नसकेको संघले जनाएको छ ।

यस्तै पुरुष तर्फ शुभमले १०० मिटर ब्रेष्ट स्ट्रोक्समा १ मिनट ८.१५ सेकेन्डमा साथ ५४३ फिना अंक र एलेक्सजेन्डरले १०० मिटर फ्रिस्टायलमा ५५.३८ सेकेन्डका साथ ५३४ फिना अंक हात पार्दै च्याम्पियनसिपका लागि छनोट भएका हुन् । बैकल्पिक खेलाडीको रुपमा रहेका शयद हम्जा शाहले १०० मिटर ब्रेष्ट स्ट्रोकमा १ मिनट ८.८७ सेकेन्डका साथ ५२६ अंक हात पारेका थिए ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भएको २१ औ राष्ट्रिय पौडी प्रतियोगितामा सेनाको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेकी गौरिका सिंहले ६ राष्ट्रिय किर्तिमानका साथै आफुले सहभागिता जनाएको सवै विधामा स्वर्ण हात पारेकी थिईन् । 
 

सम्बन्धित समाचार

बिश्व पौडी च्याम्पियनसिपका लागि खेलाडी छनोट

काठमाडौँ । मित्र राष्ट्र कोरियाको ग्वाङ्गजु सहरमा आयोजना हुने १८ औं फिना बिश्व पौडी च्याम्पियनसिपमा सहभागी हुने खेलाडीहरुको नेपाल पौडी संघले छनोट गरेको छ । नेपाल पौडी संघले बिज्ञप्ती जारी गरि

पौडी खेल्दाखेल्दै दुई युवा बेपत्ता

धम्बोजी । कर्णाली नदीको गेरुवा भङ्गालोमा पर्ने कोठीयाघाटमा पौडी खेल्ने क्रममा आइतबार साँझ दुई युवा बेपत्ता भएका छन् ।  बाँके कोहलपुरका दीपेन्द्र कार्की र कैलाली लम्कीका प्रज्ज्वल कोइराला पौडी खेल्ने क्रममा

नारायणीमा पौडी खेल्ने क्रममा एक युवा बेपत्ता

चितवन । त्रिशूली र कालीगण्डकीको सङ्गम देवघाट बेणिमा पौडी खेल्ने क्रममा एकजना युवा बेपत्ता भएका छन् । आज बिहान ९।३० बजे नदीमा पौडी खेल्न गएका नवलपुर गैडाकोटका २४ वर्षीय अमृत भनिने

एशियन गेम्समा पौडीमा नेपाल कमजोर : गौरिका हिट चरणबाटै पराजित

काठमाडौँ।  इण्डोनेशियाको जकार्तामा जारी १८ औँ एशियाडअन्तर्गत आज भएको २०० मिटर फ्रिस्टायल पौडीतर्फ गौरिका सिंह हिट चरणबाट बाहिरिएकी छन् । हिट १ मा उनी सातौँ स्थानमा रहिन् । उनी हिट


z