• २०८१ बैशाख १२ बुधबार

सेवाग्राही र कर्मचारी दुवैलाई सुर्धिन मन्त्री यादवको आग्रह 

kharibot

काठमाडौं । उधोग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राही र सेवा दिने कर्मचारीको आचारणमा सुधार हुनुपर्ने बताए ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले कार्यालयमा आउने सेवाग्राहीलाई सानो सेवा दिदाँ पनि ठूलो हुने भन्दै कर्मचारीहरुले सहज ढंगले सेवा दिनुपर्ने बताए ।

सेवाग्राही कार्यालयमा सेवा लिन आउछन् भने शिकार आए जस्तो गर्न नहुने मन्त्री यादवले बताए । ‘सेवाग्राही आएको देख्ने बित्तिकै शिकार आयो सताएर खानुपर्छ भन्ने भाव कर्मचारीहरुले त्याग्नुपर्छ,’ उनले भने ।

सेवाग्राही भनेका सार्वभौमसत्ता सम्पन्न जनता आएको ठानी उनीहरुको सेवामा कर्मचारीले ध्यानदिनुपर्ने मन्त्री यादवको भनाई छ ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन कायम गर्न खोजेको भन्दै त्यसमा कर्मचारीहरुको साथै निजी क्षेत्रले समेत सहयोग गर्नुपर्ने बताए ।

मन्त्री यादवले जुत्ता खियाउदै आएका सेवाग्राही निराश भएर जानुपर्ने स्थिति रहेको भन्दै कर्मचारीका लागि सो विषय ठूलो चूनौती भएको बताए । ‘जुत्ता चप्पल खियाउदै कार्यालयमा आएका सेवाग्राही निराश भएर फर्किनु कर्मचारीहरुको लागि ठूलो चूनौती हो,’ उनले भने । यही अवस्था रहेमा ‘समृद्धि नेपाल सुखी नेपाली’ बनाउने प्रधानमन्त्रीको चाहना कसरी पुरा हुन्छ भनि उनले प्रश्न गरे ।

कर्मचारीका साथै उनले सेवाग्राहीको आचारणमा पनि सुधार आउनुपर्ने मन्त्री यादवको भनाई छ । ‘सेवाग्राही पर्याप्त कागजात लिएर नआउने अनि सहजताका लागि भन्दै मन्त्रीज्यू , सचिवज्यू भन्दै छिटो काम गर्न खोज्ने कहाँबाट हुन्छ ?’ उनले प्रश्न गरे ।

सेवाग्राहीले मन्त्रीज्यू पार्टीका लागि भन्दै काम गराउन खोज्ने प्रवृत्तिको  अन्त्य गर्नुपर्ने मन्त्री यादवले बताए । व्यवसायी तथा सेवाग्राहीहरु मन्त्री तथा कर्मचारीहरुलाई चियापान गराएर सहजता खोज्ने कामको अन्त्य गर्नुपर्ने उनको भनाई छ । ‘चियापान गराउने अनि समस्या पर्यो भने मन्त्रीज्यू भन्ने ,पार्टीका लागि भन्दै काम गराउन खोज्ने प्रविृत्तको सेवाग्राहीले अन्त्य गर्नुपर्छ,’ मन्त्री यादवले भने ।

उनले व्यवसायीहरु विभिन्न व्यवसाय गर्ने भन्ने अनि पर्याप्त रकम र कागजात नल्याई मन्त्रीको पछि लाग्ने गरेको बताए । व्यवसायीले पेट्रोल पम्प खोल्न पर्यो भन्दै आफूकहाँ आएको बताउदै मन्त्री यादवले भने, ‘सहुलियत मिलाइदिनु पर्यो भन्दै मेरोमा आउछन् म सम्वन्धित निकाय देखाइदिने गरेको छु ।’

मन्त्री यादवले सरकारले भ्रष्टचार भयो भन्ने विषय नैतिक रुपमा नमिल्ने भन्दै अहिले पहिलेको जस्तो टेबुलमुनिबाट भ्रष्टचारको अन्त्यभई कार्यालय बाहिर हुने गरेको बताए । उनले अहिलेको चियापान भनेको सुशासन विरुद्धको भएको बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै