विहिबार पुन: आठ अर्बको बिकास ऋणपत्र बिक्री गर्दे राष्ट्र बैंक

खरीबोट

काठमाडौ । नेपाल राष्ट्र बैंकले विहिबार आठ अर्ब रुपैयाँको बिकास ऋणपत्र जारी गर्ने भएको छ ।

राष्ट्र बैकका अनुसार भोलि अपरान्ह तीन बजेसम्ममा नौ बर्र्षे अवधिको बिकास ऋणपत्र २०८५ (ग) जारी गर्न लागिएको हो । 

अर्धबार्षिकरुपमा व्याज भुक्तानी हुने र आर्जित व्याजमा व्याजकर लाग्ने यो ऋणपत्रको परिपक्व हुने अवधि बिसं २०८५ साल जेठ तीन गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी समुहमा बिक्री गरिने कुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्कासित रकमको ८० र २० प्रतिशत अर्थात रु. ६४० करोड र रु. १६० करोड छुट्याइएको छ ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने राष्ट्र बैकले जानकारी दिएको छ ।

ऋणपत्रको दोस्रो बजार कारोबार भने नेपाल स्टक एक्सचेञ्ज लिमिटेड मार्फत मात्र ऋणपत्रको परिपक्व हुने अवधि बिसं २०८५ जेठ तीन गते तोकिएको छ ।    
 

सम्बन्धित समाचार

राष्ट्र बैंकले आइतबार पुन: छ अर्बको विकास ऋणपत्र निष्काशन गर्ने 

काठमाडौं । आगामी आइतबार नेपाल राष्ट्र बैंकले पुन छ अर्ब रुपैयाँको बिकास ऋणपत्र निष्काशन गर्ने भएको छ । राष्ट्र बैकका अनुसार सो दिन अपरान्ह तीन बजेसम्ममा १० वर्षे अवधिको विकास

विहिबार पुन: आठ अर्बको बिकास ऋणपत्र बिक्री गर्दे राष्ट्र बैंक

काठमाडौ । नेपाल राष्ट्र बैंकले विहिबार आठ अर्ब रुपैयाँको बिकास ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैकका अनुसार भोलि अपरान्ह तीन बजेसम्ममा नौ बर्र्षे अवधिको बिकास ऋणपत्र २०८५ (ग) जारी

भुक्तानी सन्तुलन मिलाउन राष्ट्र बैंकद्धारा आठ अर्ब रुपैयाँको ऋणपत्र बिक्री

काठमाडौ ।  भुक्तानी सन्तुलन मिलाउनको लागि नेपाल राष्ट्र बैंकले आज मंगलबार अपरान्ह तीन बजेसम्मको अवधिमा आठ अर्ब रुपैयाँको बिकास ऋणपत्र बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार बोलकवोलको माध्यमद्धारा सात बर्षे

राष्ट्र बैंकले सोमबार १६ अर्ब ५३ करोडको ट्रेजरी जारी गर्ने 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भोलि सोमबार १६ अर्ब ५३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बोलकवोलका माध्यमद्धारा बिक्री गर्ने गरी उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न


z