काठमाडौ । नेपाल राष्ट्र बैंकले विहिबार आठ अर्ब रुपैयाँको बिकास ऋणपत्र जारी गर्ने भएको छ ।
राष्ट्र बैकका अनुसार भोलि अपरान्ह तीन बजेसम्ममा नौ बर्र्षे अवधिको बिकास ऋणपत्र २०८५ (ग) जारी गर्न लागिएको हो ।
अर्धबार्षिकरुपमा व्याज भुक्तानी हुने र आर्जित व्याजमा व्याजकर लाग्ने यो ऋणपत्रको परिपक्व हुने अवधि बिसं २०८५ साल जेठ तीन गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी समुहमा बिक्री गरिने कुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्कासित रकमको ८० र २० प्रतिशत अर्थात रु. ६४० करोड र रु. १६० करोड छुट्याइएको छ ।
अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने राष्ट्र बैकले जानकारी दिएको छ ।
ऋणपत्रको दोस्रो बजार कारोबार भने नेपाल स्टक एक्सचेञ्ज लिमिटेड मार्फत मात्र ऋणपत्रको परिपक्व हुने अवधि बिसं २०८५ जेठ तीन गते तोकिएको छ ।