इङल्याण्डका कप्तान मोर्गनलाई एक खेलको प्रतिबन्ध

खरीबोट

काठमाडौ । इङल्याण्ड क्रिकेट टिमका कप्तान इओन मोर्गनलाई एक खेलका लागि सस्पेन्ड गरिएको छ ।

मंगलबार सम्पन्न पाकिस्तानविरुद्धको खेलमा स्लो ओभर रेटका कारण मोर्गनलाई एक खेलमा प्रतिबन्ध र खेलको ४० प्रतिशत फिस जरिवाना गरिएको छ ।

३ घण्टा २० मिनेटमा ५० ओभर बलिङ गरिसक्नु पर्नेमा इङल्याण्डले ५० ओभर बलिङ गर्न करिब ४ घण्टा लिएको थियो । आइसीसीले मोर्गनलाई सस्पेन्ड गरेसंगै पाकिस्तानसँग शुक्रबार हुने चौथो एकदिवसीय खेल गुमाउने भएका छन् ।

त्यस्तै इङल्याण्डका विकेटकिपर ब्याट्सम्यान जोनी बैरस्ट्रवलाई पनि आइसीसीले २० प्रतिशत खेल फिसमा जरिवाना गरेको छ । बैरस्ट्रवले खेलको २९औ ओभरमा आउट भएपछि स्टम्पलाई ब्याटले हानेकोले लेभल एक अनुसार दोषी भएकाले २० प्रतिशत जरिवानासहित एक डिमेरिट अंक पाएको आइसीसीले जनाएको छ ।

पाकिस्तानविरुद्धको तेस्रो एकदिवसीय खेलमा इङल्याण्डले पाकिस्तानले दिएको ३५८ रन्को लक्ष्य चेज गर्दै विजयी भएको थियो । सिरिजमा इङल्याण्ड २-० ले अगाडी रहेको छ ।

सम्बन्धित समाचार

पाकिस्तानमाथि इङल्याण्डको सहज जित, रोय र स्टोकले जिताए

काठमाडौँ । पाकिस्तानविरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा इङल्याण्ड एक खेल अघि नै विजयी भएको छ । गएराती सम्पन्न चौथो खेलमा इङल्याण्डले पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै सिरिज ३-० ले जितेको हो । पाकिस्तानले

वेस्टइन्डिजलाई पराजित गर्दै त्रिकोणीय सिरिजमाथि बंगलादेशको कब्जा 

काठमाडौँ । बंगलादेशले आयरल्याण्डमा जारी त्रिकोणीय सिरिज जितेको छ । शुक्रबार राति सम्पन्न बर्षाले अवरोध गरेको खेलमा बंगलादेशले फाइनलमा वेस्टइन्डिजमाथि ५ विकेटको जित निकाल्दै सिरिज कब्जा गरेको हो । बर्षाले २४

आयरल्याण्डमाथि बंगलादेशको सहज जित, शकिब अल हसन घाइते  

काठमाडौँ । आयरल्याण्डमा जारी त्रिकोणीय एकदिवसीय सिरिजको खेलमा बंगलादेशले आयरल्याण्डलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बंगालदेशले आयरल्याण्डलाई ६ विकेटले पराजित गरेको हो । आयरल्याण्डले दिएको २९३ रनको लक्ष्य पछाएको बंगलादेशले

पाकिस्तानमाथि इङल्याण्डको रेकर्ड जितमा बैरस्ट्रवको आक्रामक ब्याटिंग

काठमाडौँ । इङल्याण्डले एकदिवसीय क्रिकेट सिरिजको तेस्रो खेलमा पाकिस्तानलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा इङल्याण्डले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको ३५९ रनको लक्ष्य पछाएको इङल्याण्डले ४४.५


z