• २०८१ बैशाख ७ शुक्रबार

इङल्याण्डका कप्तान मोर्गनलाई एक खेलको प्रतिबन्ध

kharibot

काठमाडौ । इङल्याण्ड क्रिकेट टिमका कप्तान इओन मोर्गनलाई एक खेलका लागि सस्पेन्ड गरिएको छ ।

मंगलबार सम्पन्न पाकिस्तानविरुद्धको खेलमा स्लो ओभर रेटका कारण मोर्गनलाई एक खेलमा प्रतिबन्ध र खेलको ४० प्रतिशत फिस जरिवाना गरिएको छ ।

३ घण्टा २० मिनेटमा ५० ओभर बलिङ गरिसक्नु पर्नेमा इङल्याण्डले ५० ओभर बलिङ गर्न करिब ४ घण्टा लिएको थियो । आइसीसीले मोर्गनलाई सस्पेन्ड गरेसंगै पाकिस्तानसँग शुक्रबार हुने चौथो एकदिवसीय खेल गुमाउने भएका छन् ।

त्यस्तै इङल्याण्डका विकेटकिपर ब्याट्सम्यान जोनी बैरस्ट्रवलाई पनि आइसीसीले २० प्रतिशत खेल फिसमा जरिवाना गरेको छ । बैरस्ट्रवले खेलको २९औ ओभरमा आउट भएपछि स्टम्पलाई ब्याटले हानेकोले लेभल एक अनुसार दोषी भएकाले २० प्रतिशत जरिवानासहित एक डिमेरिट अंक पाएको आइसीसीले जनाएको छ ।

पाकिस्तानविरुद्धको तेस्रो एकदिवसीय खेलमा इङल्याण्डले पाकिस्तानले दिएको ३५८ रन्को लक्ष्य चेज गर्दै विजयी भएको थियो । सिरिजमा इङल्याण्ड २-० ले अगाडी रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै