• २०८१ बैशाख १३ बिहीबार

स्वतन्त्र तिब्बत कार्यक्रममा दुई सांसद सहभागी, परराष्ट्र र पार्टी बेखबर 

kharibot

काठमाडौं ।  उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीका एक सांसद ‘फ्रि तिब्बत’ समूहको कार्यक्रममा सहभागी भएपछि चीनले असन्तुष्टि व्यक्त गरेको खुलेको छ । 

समाजवादी पार्टीका पर्साबाट निर्वाचित सांसद प्रदीप यादव पार्टीलाई जानकारी नदिएरै राजपा सांसद एकवाल अहमदसँग युरोपको लाटभियामा भएको स्वतन्त्र तिब्बत पक्षधर सांसदहरुको कार्यक्रममा सहभागी भएको खुलेको छ । 

सत्तारुढ पार्टीकै सांसद ‘फ्रि तिब्बत’ अभियानमा सहभागी भएपछि चिनियाँ पक्षले असन्तुष्टि जनाएको छ । चिनियाँ असन्तुष्टिपछि समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री यादवले बुधवार विज्ञप्ति जारी गरेर सांसद यादवको सहभगिताबारे पार्टीलाई कुनै जानकारी नभएको र यसबारे उनसँग स्पष्टिकरण लिइने बताएका छन् । चित्तबुझ्दो जवाफ नआए अनुशासनको कारबाही गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सामाजवादी पार्टी एक चीन नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै अध्यक्ष यादवले सांसद यादवले ‘फ्रि तिब्बत’ समूहको कार्यक्रममा राखेको धारणा पार्टीको धारणा नभएको समेत स्पष्ट पारेका छन् ।

यस प्रकरणमा परराष्ट्र मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै दुई सांसदले फ्री-तिब्बत सम्बन्धि कार्यक्रममा गएको विषयमा सरकारको ध्यानआकर्षण भएको बताएको छ । विज्ञप्तिमा दुई सांसद युरोपको लाटभियामा भएको स्वतन्त्र तिब्बत पक्षधर सांसदहरुको कार्यक्रममा सहभागी भएको बारे सरकारलाई जानकारी नभएको भन्दै नेपाल एक चीन नीतिमा अडिक रहेको उल्लेख गरेको छ ।              

यस प्रकरणमा चिनियाँ राजदूत होउ यान्छीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट बुधबार अपराह्न प्रचण्ड निवास खुमलटार पुगेर भेट गरेकी थिइन् ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै