• २०८१ बैशाख ११ मंगलबार

डडेल्धुराको खानेपानीमा कोलिर्फम

kharibot

प्रतिनिधि तस्बीर ।

रशुरामधाम । डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकाका विभिन्न ठाउँमा खानेपानीमा दिसामा हुने कीटाणु ‘कोलिर्फम’ भेटिएको छ । 

अमरगढी नगरपालिकाभित्रका १० खानेपानी आयोजनाको पानी जाँच गर्दा अधिकांशमा कोलिफर्मको मात्रा अत्यधिक रहेको पाइएको हो । 

सबैभन्दा बढी अमरगढी नगरपालिका–१ स्थित स्याउलेको खानेपानीमा र सबैभन्दा कम सदरमुकाममा कोलिर्फम भेटिएको खानेपानी विभागद्वारा सञ्चालित प्रदेशस्तरीय सङ्घीय खानेपानी प्रयोगशाला धनगढीका केमिस्ट अधिकृत कृष्णप्रसाद पौडेलले बताए ।

ढाँडखोला मूलमा ८१ युनिट, स्याउले खानेपानी योजनामा ७२ युनिट र सहश्रलिङ खानेपानी योजनामा ५५ युनिट कोलिर्फमको मात्रा भेटिएको हो । सो पानी सिधैँ पिउन अयोग्य हुने पानीको गुणस्तर परीक्षण रिपोर्टले देखाएको अमरगढी नगरपालिका स्वास्थ्य शाखा सह–संयोजक गणेश विष्टले जानकारी दिए । 

उक्त मात्रा एक सय मिलिलिटर पानी परीक्षण गर्दा भेटिएको हो । पानी परीक्षणका लागि प्रदेशस्तरीय सङ्घीय खानेपानी प्रयोगशाला धनगढी पठाइएको थियो । 

प्रयोगशालामा परीक्षण गर्दा पानीमा कोलिर्फम भेटिएको हो । घटाल खानेपानी योजना, दूधकाडी खानेपानी योजना, पोखरा खानेपानी योजना र उग्रतारा खानेपानी योजनाबाट वितरण हुने पानीमा कोलिर्फम भए पनि पिउनयोग्य भएको तर उमालेर पिउन उत्तम हुने अमरगढी स्वास्थ्य शाखा सह–संयोजक विष्टले बताए ।

मुहानमा लामो समयसम्म सरसफाइ नहुँदा दिसामा हुने कीटाणु कोलिर्फम पानीमा फेला परेको स्वास्थ्यकर्मी बताउँछन् । कोलिर्फमको कारण झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकीलगायत रोगको सङ्क्रमण हुनेगर्दछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै