• २०८१ बैशाख १२ बुधबार

दुईतिहाइको घमन्ड गर्न माधव नेपालको चेतावनी  

kharibot

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले पार्टीका नेता–कार्यकर्तालाई घमन्ड नगर्न सचेत गराएका छन् ।

बुधबार पार्टीनिकट युवा संगठनको २९औं स्थापना दिवस कार्यक्रममा उनले गत निर्वाचनमा नेकपाले दुईतिहाइ मत नपाएकोतर्फ सचेत गराउँदै ५५ प्रतिशत मतमात्रै पाएकाले दुईतिहाइको घमन्ड गर्न नहुने बताएका हुन् ।

नेकपाले दुईतिहाइ मत ल्याउन बाँकी रहेको तर त्यसका लागि नेतृत्वले जनताका कुरा सुन्न र दुःख–सुख बुझ्न सक्नुपर्ने उनले बताए ।

उनले कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता अध्ययनशील हुनुपर्ने भन्दै अध्ययन, चिन्तन गर्न सुझाव पनि दिए ।

नेता नेपालले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवाललाई प्राथमिकतामा राख्न आग्रह पनि गरे ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै