के हो उद्योगमन्त्री र कर्मचारीबीचको झगडा ? 

खरीबोट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवाको बिषयमा मन्त्री र नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघका कर्मचारीबीच घम्साघम्सी भएको छ ।

बुधबार दिउँसो कर्मचारी सरुवाको बिषयमा मन्त्री मातृका यादव र संघका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी र उपाध्यक्ष उत्तम कटुवाल नेतृत्वको टोलीबीच घम्साघम्सी भएको हो ।

मन्त्रीका नीजि सचिव प्रेम आर्चायसँग कांग्रेस निकट कर्मचारीहरुले टेबुल ठोक्दै विवाद गरेको र निजी सचिवलाई गालीगलौजसँगै विवाद गर्न थालेपछि मन्त्री यादव आक्रोशित मुद्रामा आएको बताइएको छ ।

मन्त्री र कर्मचारीबीचको घम्सा घम्सी हेरिरहेका एक कर्मचारीले खरीबोटलाई बताए,‘सरुवामा कसैको नेतागिरी चल्दैन्’ उनले भने ‘तपाइँहरु संयमित हुनुस् ।’ मन्त्रीले यसो भन्दा काँग्रेस निकट कर्मचारीहरु शोभाकर रेग्मीलाई उद्योग विभागमा किन सरुवा गरेको भन्दै झन आक्रोशित बनेका थिए ।

मन्त्रीका स्वकीय सचिव प्रेम आर्चायसँग सरुवाको बिषयमा कुराकानी गरिरहेको बेलामा एक्कासी मन्त्री आएर अभद्र व्यवहार गरेको बताइएको छ ।

गृह मन्त्रालयले कारवाहि गरेको कर्मचारी, जापान पढेर आएका कर्मचारी, लाभको ठाउँमा बसेका कर्मचारीलगायतलाई आस्थाका आधारमा सुविधा बढी पाउने ठाउँमा सरुवा गरेको आरोप मन्त्री यादवमाथि कर्मचारीले लगाएका छन् ।

सम्बन्धित समाचार

के हो उद्योगमन्त्री र कर्मचारीबीचको झगडा ? 

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवाको बिषयमा मन्त्री र नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघका कर्मचारीबीच घम्साघम्सी भएको छ । बुधबार दिउँसो कर्मचारी सरुवाको बिषयमा मन्त्री मातृका

उद्योगमन्त्री यादव जेनेभामा

काठमाडौँ / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव विश्व लगानी मञ्चमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति जेनेभा पुगेका छन  ।  व्यापार तथा विकासका लागि संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (अङ्कट्याड) र स्वीट्जरल्याण्ड

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध उद्योगमन्त्रीलाई विद्यार्थीको ज्ञापनपत्र 

काठमाडौं । प्रमुख दलका विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिविरुद्ध उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवसमक्ष ज्ञापनपत्र बुझाएका छन् । श्रृंखलाबद्ध रुपमा मूल्यवृद्धि गरेको भन्दै विद्यार्थी संगठनहरुले एक भएर

नचलाइएका उद्योग राष्ट्रियकरण गर्छौ : उद्योगमन्त्री मातृका यादव

चितवन  ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले यस अघिका सरकारले निजीकरण गरेका नचलाइएका उद्योग राष्ट्रियकरण गरिने बताएका छन् ।  प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चलिरहेका उद्योगलाई


z