• २०८१ बैशाख १३ बिहीबार

के हो उद्योगमन्त्री र कर्मचारीबीचको झगडा ? 

kharibot

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवाको बिषयमा मन्त्री र नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघका कर्मचारीबीच घम्साघम्सी भएको छ ।

बुधबार दिउँसो कर्मचारी सरुवाको बिषयमा मन्त्री मातृका यादव र संघका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी र उपाध्यक्ष उत्तम कटुवाल नेतृत्वको टोलीबीच घम्साघम्सी भएको हो ।

मन्त्रीका नीजि सचिव प्रेम आर्चायसँग कांग्रेस निकट कर्मचारीहरुले टेबुल ठोक्दै विवाद गरेको र निजी सचिवलाई गालीगलौजसँगै विवाद गर्न थालेपछि मन्त्री यादव आक्रोशित मुद्रामा आएको बताइएको छ ।

मन्त्री र कर्मचारीबीचको घम्सा घम्सी हेरिरहेका एक कर्मचारीले खरीबोटलाई बताए,‘सरुवामा कसैको नेतागिरी चल्दैन्’ उनले भने ‘तपाइँहरु संयमित हुनुस् ।’ मन्त्रीले यसो भन्दा काँग्रेस निकट कर्मचारीहरु शोभाकर रेग्मीलाई उद्योग विभागमा किन सरुवा गरेको भन्दै झन आक्रोशित बनेका थिए ।

मन्त्रीका स्वकीय सचिव प्रेम आर्चायसँग सरुवाको बिषयमा कुराकानी गरिरहेको बेलामा एक्कासी मन्त्री आएर अभद्र व्यवहार गरेको बताइएको छ ।

गृह मन्त्रालयले कारवाहि गरेको कर्मचारी, जापान पढेर आएका कर्मचारी, लाभको ठाउँमा बसेका कर्मचारीलगायतलाई आस्थाका आधारमा सुविधा बढी पाउने ठाउँमा सरुवा गरेको आरोप मन्त्री यादवमाथि कर्मचारीले लगाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै