राजनारायण पाठक ७८ लाख धरौटीमा रिहा

खरीबोट

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक धरौटीमा रिहा भएका छन् ।

भ्रष्टाचारको मुद्धा खेपिरहेका पाठकले विशेष अदालतमा ७८ लाख रुपैयाँ धरौटी राखेर रिहा भएका हुन् ।

बुधबार विशेष अदालतमा बयानका लागि हाजिर भएका पाठकलाई विशेष अदालतले ७८ लाख धरौटीमा रिहा गर्ने आदेश दिएपछि पाठकले नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टी राखेर रिहा भएका हुन् । 

अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासले पाठकसँग ७८ लाख धरौटी माग गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त पाठकले भक्तपुरको नेपाल इन्जिनियरिङ क्याम्पसको विवाद मिलाइदिने भन्दै ७८ लाख घुस लिएको भिडियोसहितको प्रमाण सार्वजनिक भएपछि उनीविरुद्ध मुद्धा दायर भएको थियो ।

घुस लिएको भिडियो नै सार्वजनिक भएपछि पाठकले गत फागुन ३ गते अख्तियारको आयुक्त पदबाट राजीनामा दिएका थिए ।

यस प्रकरणको छनबिन गर्न अख्तियारले गत फागुन ७ गते सहसचिवको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान टोली गठन गरेको थियो ।

त्यसपछि अख्तियारले गत चैत्र १२ गते पाठकविरुद्ध विशेष अदालतमा आज भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।      
 

सम्बन्धित समाचार

बिपी कोइराला प्रतिष्ठानका उपकुलपतिसहित आठ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका  उपकुलपति बलभद्रप्रसाद दाससहित आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्रतिष्ठानबाट विभिन्न मितिमा भएका वस्तु तथा सेवाको खरीद

काठमाडौँ महानगरका नासु घुससहित रंगेहात पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका, समाजिक विकास विभाग, ववरमहलका नायव सुब्बालाई घुससहित पक्राउ गरेको छ । अख्तियारले महानगरका नासु कृष्ण प्रसाद सोतीले सेवाग्राहीसँग एक लाख ७ हजार घुस

सिचाईका इन्जिनियर घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलश्रोत तथा सिंचाइ विकास डिभिजन भोजपुरका इन्जिनियर घुससहित रंगे हात पक्राउ परेका छन् । अख्तियारले जलश्रोत तथा सिंचाइ विकास डिभिजन भोजपुरका सिडिई मोहन बाबु यादवले

एक लाख घुससहित तीन प्रहरी जवान पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरीवृत्त नयाँ बसपार्कमा कार्यरत प्रहरी जवानसहित तीन जनालाई रु एक लाख घुससहित पक्राउ गरेको छ । आयोगका अनुसार प्रहरी जवानत्रय देवेन्द्र बलायर, आकाश खनाल


z