• २०८१ बैशाख ८ शनिबार

राजनारायण पाठक ७८ लाख धरौटीमा रिहा

kharibot

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक धरौटीमा रिहा भएका छन् ।

भ्रष्टाचारको मुद्धा खेपिरहेका पाठकले विशेष अदालतमा ७८ लाख रुपैयाँ धरौटी राखेर रिहा भएका हुन् ।

बुधबार विशेष अदालतमा बयानका लागि हाजिर भएका पाठकलाई विशेष अदालतले ७८ लाख धरौटीमा रिहा गर्ने आदेश दिएपछि पाठकले नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टी राखेर रिहा भएका हुन् । 

अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासले पाठकसँग ७८ लाख धरौटी माग गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त पाठकले भक्तपुरको नेपाल इन्जिनियरिङ क्याम्पसको विवाद मिलाइदिने भन्दै ७८ लाख घुस लिएको भिडियोसहितको प्रमाण सार्वजनिक भएपछि उनीविरुद्ध मुद्धा दायर भएको थियो ।

घुस लिएको भिडियो नै सार्वजनिक भएपछि पाठकले गत फागुन ३ गते अख्तियारको आयुक्त पदबाट राजीनामा दिएका थिए ।

यस प्रकरणको छनबिन गर्न अख्तियारले गत फागुन ७ गते सहसचिवको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान टोली गठन गरेको थियो ।

त्यसपछि अख्तियारले गत चैत्र १२ गते पाठकविरुद्ध विशेष अदालतमा आज भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै